RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/९/१३ गते
८५७ पटक

मुगु : मुगुम कार्मारोङ गाउँपालिका—३ खारी गाउँकी ८६ वर्षीया एक वृद्ध महिलाले १३ दिनपछि जिल्ला प्रशासन कार्यालयबाट नागरिता पाएकी छिन्।

साविकको किम्री गाविस-१ मा १९९२ मा जन्मेकी ८६ वर्षीया शिग्याल लामाले सोही गाउँका लुन्डुप लामासँग १६ वर्षको उमेरमा विवाह गरेकी थिइन्। गाउँमा भोकमरीले परिवार पाल्न नसकिने अवस्था आएपछी उनीसहित सपरिवार भारतको कुल्लुमनाली पुगेका थिए। अहिले उनको परिवार जुम्लामा बस्दै आएको छ।

दुई नातिनीहरुको सहयोगमा नागरिता बनाउन पुस १ गते जुम्लाबाट मुगु पुगेको र आवश्यक काजपत्र बनाउन जन्म घर खारीमा पुगको भए पनि गाउँमा कहिले वडा सचिव कहिले वडा अध्यक्ष नभेटिंदा १३ दिनपछि मात्र नागरिता पाएकी हुन्।

सोमबार दुई नातिनी र अन्य एक सहयोगीसँग नागरिताका लागि जिल्ला प्रशासन कार्यालयमा दिनभर बसिन्। तर नागरिताको लागि आवश्यक कागजपत्र नपुगेको भन्दै नागरिता फाँटका कर्मचारीले कागजपत्र जुटाएर आउन भने। उनीहरुले सहयोगका लागि धेरैलाई हारगुहार गरे।

आवश्यक काजपत्रका लागि दुई नातिनी र अर्का सहयोगीले केही मेसो नपाएर प्रशासन कार्यालयमा रहेका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले आ-आफ्ना मातहतका कर्मचारीलाई आवश्यक काजपत्र जुटाउन सहयोग गर्न निर्देशन दिएपछि ८६ वर्षीया बज्यैलाई सदरमुकाम गमगढीबाट बोकर वडा कार्यालय आउन जान चार दिन लगाएका नातिनीहरु हर्षित भएका थिए।

‘जुम्लाबाट गमगढीसम्म गाडीमा बज्यैलाई ल्याएका थियौं। गमगढीबाट दुई दिन बोकेर गाउँमा पुर्‍यायौं। हामी भारतमै जन्मेकाले गाउँको बारे कुनै जानकारी थिएन’, शिग्यालकी नातिनी ल्हामु तामङ्गले  भनिन्, ‘गाउँबाट वडा कार्यालय  पुग्न पनि धौ-धौ हुन्थ्यो। बज्यै कान कम सुन्ने आँखा पनि त्यति देख्नु हुन्न। शौचालय पनि बोकेर लानुपर्छ। वडा कार्यालय पुग्दा कहिले सचिव नभेटिने कहिले अध्यक्ष एक हप्ता गाउँमै अध्यक्ष र सचिवको खोजी गर्न लाग्यो।’वडा अध्यक्ष र सचिव भेटिएपछी पुन दुई दिन लगाएर बज्यैलाई बोकेर सदरमुकाममा आइतबार बेलुका पुगेको उनले बताइन्। ‘सोमबार प्रशासनमा बज्यैको नागरिता बनाउन पुग्दा आवश्यक काजपत्र नपुगेका भन्दै नागरिता नबन्ने फाँटका कर्मचारीले बताए। ठूलो तनाव भएको थियो। सिडियो सरले वृद्ध महिलालाई यसरी कुराउन भएन। आवश्यक काजपत्र जुटाउन सहयोग गर्न फाँटका कर्मचारीलाई भनेपछी उहाँहरुले काजपत्र जुटाउन सहयोग गरकाले बज्यैको नागरिता बनेको शिग्यालकी नातिनी ल्हामु तामङ्गले बताइन्।

बिहान कार्यालय खुल्न अगावै वृद्ध कार्यालय अगाडि बसेकी थिइन्। नागरिताका लागि आएको जानकारी पाए पनि तीन बजेसम्म नागरिता नबनेको पुन जानकारी पाएपछी के कारणले ढिलो भएको फाँटका कर्मचारीलाई बुझ्दा आवश्यक काजपत्र नपुगेको सुने। अन्तमा नातिनीको सनाखतमामा कर्मचारीलाई नागरिता प्रदान गर्न भनेपछि ती आमाले नागरिता पाएको  र प्रमुख जिल्ला अधिकारी रोमबहादु महतले बताए।

मुगुम कार्मारोङ गाउँपालिकामा इलका प्रशासन छैन। यहाँका बासिन्दा प्रशासन कार्यालयबाट हुने सेवा प्रवाह लिन दुई दिन पैदल हिंडेर सदरमुका आउन बाध्य छन्। ईलका प्रशासन स्थापन गर्न नसके पनि सरकारले वर्षमा एकपटक पालिका केन्द्रसम्म पुगेर घुम्ती सेवामार्फत नागरिता वितरण गरेको भए पनि यस्ता बयोवृद्ध र अपाङ्गले सास्ती भोग्नु नपर्ने मुगुम कर्माारोङ—१ का वडा अध्यक्ष कार्मा तामङ्ग बताउँछन्।

नागरिता भएका मेरा उमेरका धेरैले सरकारबाट पाउने सुविधा पाए। लामो समय भारत बसेको र त्यसपछि बसाईं सरी जुम्ला बसेर नागरिता बनाउन एक दुई पटक आएको थिएँ। त्यति बेला पनि आवश्यक काजपत्र नभएको भन्दै जुम्ला फर्कें। योपटक आवश्यक काजपत्र  बनाउन १२ दिन लाग्यो। बल्ल आज नागरिता पाएँ। नागरिकता पाउनेबित्तिकै मतदान परिचय पत्रका लागि दर्तासमेत गराउँदा सारै खुसी भएको ८६ वर्षीया शिग्याल लामाले बताइन्।

अन्नपुर्ण पोष्ट दैनिकबाट

प्रतिकृया दिनुहोस्