RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/९/१८ गते
९९५ पटक

काठमाडौँ । हाल देशका पहाडी भू–भागमा मौसम सामान्यतया सफा रहे पनि तराईका केहि स्थानमा हुस्सु र कुहिरो लागेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको प्रभावका कारण बदली भएको हो ।

आज दिउँसो लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू–भागमा आंशिक बदली रहनेछ। सुदुर पश्चिम प्रदेश तथा कर्णालीका उच्च हिमाली भू–भागमा हल्का हिमपात तथा सुदुर पश्चिम र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का बर्षाको समेत सम्भावना रहेको छ ।

यस्तै राती देशभर आंशिक देखि सामान्य बदली रहनेछ।सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेको छ साथै सुदुर पश्चिम, कर्णाली र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्