RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/९/२२ गते
५६९ पटक

बहुप्रतीक्षित हुलाकी सडक निर्माणका लागि कैलालीमा पहिलो चरणको काम सकिएर चौडा बनाउने काम भइरहेको छ । तर, कैलालीसँगै सटेको कञ्चनपुरमा भने पहिलो चरणको कामै नभई म्याद सकिएको छ । धनगढीको सीमासँग जोडिएको डोके बजारदेखि दैजीसम्मको ६२ किलोमिटर हुलाकी सडक निर्माणको म्याद सकिएको छ तर काम भने अझै सकिएको छैन ।

पटक–पटक म्याद थप गर्दा पनि निर्माण कम्पनीले सडक निर्माणमा ध्यान नदिँदा निर्माणको काम नसकिएको हो । ‘डोके बजारदेखि दैजीसम्मको ६२ किलोमिटर हुलाकी सडक निर्माणमा ठेकेदार कम्पनीले लापरबाही गर्दा सम्झौताअनुसार काम हुन सकेको छैन,’ बेलौरीका स्थानीय दीपेन्द्रसिंह विष्टले भने, ‘हुलाकी सडकको तीन खण्डमध्ये पनि बुटाबारीदेखि बेल्डाँडीसम्मको २० किलोमिटर सडक निर्माण कम्पनीले अलपत्र छोडिदिएको छ ।’ सडक निर्माणका लागि सुरुवात त गरियो तर, ठाउँठाउँमा खाडल खनेर छोड्नुका साथै निर्माणजन्य वस्तु सडकमा अलपत्र छोडिँदा दुर्घटना निम्तिरहेको उनले गुनासो गरे ।

डोकेबजारदेखि दैजीसम्मको ६२ किलोमिटर सडक खण्डलाई तीन भागमा विभाजन गरी तीनवटा निर्माण कम्पनीले ठेक्का लिएका थिए । जसमध्ये डोकेबजारदेखि बुटाबारीसम्मको २० किलोमिटर सडक खण्ड शर्मा राजेन्द्र जेभीले ठेक्का सकारेको थियो ।

निर्माण कम्पनीसँग हुलाकी राजमार्ग आयोजनाले २०७३ फागुन १ गतेदेखि काम सुरु गरेर २०७६ भदौ १४ गते सक्ने गरी सम्झौता गरेको थियो । तर, सम्झौताअनुसार काम नगरी ठेकेदार कम्पनीले पहिलोपटक २०७५ चैत २० गतेका दिन म्याद थप माग गर्‍यो । पहिलो म्याद थपमा पनि काम नसकेको कम्पनीले दोस्रोपटक २०७६ माघ १५ गते म्याद थप गरेको थियो । दोस्रो पटक म्याद थप्दा २०७७ साउन ४ काम सक्ने सहमति गरेको थियो । आफैंले गरेको सहमति पालना नगरेर पुनः काम अलपत्र छाडेको निर्माण कम्पनीले पुनः तेस्रोपटक २०७७ असोज २२ गते म्याद थपेको थियो । तेस्रो पटकको म्याद २०७७ माघ २ गते सकिँदै छ । तर, निर्माण कम्पनी शर्मा राजेन्द्र जेभीले डोकेबजारदेखि बुटाबारीसम्मको २० किलोमिटर सडक निर्माणको काम अझै सकेको छैन ।

हुलाकी सडक अन्तर्गतको दोस्रो खण्ड बुटाबारीदेखि बेल्डाँडीसम्मको २० किलोमिटर सडकको हालत त झनै नाजुक छ । २०७३ फागुन १२ ठेक्का सकारेको बाबाहंश सिद्धिसाई जेभीले निर्माणको ३० महिनामा सम्पन्न गर्नु त के हातै हालेन । पहिलोपटक कामै नगरी म्याद गुज्रिन थालेपछि हतारहतार निर्माण कम्पनीले २०७६ पुस १ गतेका दिन म्याद थप गरायो । पहिलो म्यादमा पनि काम नसकेपछि पुनः २०७६ फागुन १५ गते दोस्रोपटक म्याद थपाएको निर्माण कम्पनीले २०७७ मंसिर ७ गते काम सक्ने सम्झौता गरेको थियो । तर आफैंले कबुल गरेको म्याद सकिएको ३ हप्ता बितिसक्दा पनि निर्माण कम्पनी बेखबर छ । बुटाबारीदेखि बेल्डाँडीसम्म ठेक्का पाएको बाबाहंश सिद्धिसाई निर्माण कम्पनीले अहिलेसम्म ५ प्रतिशत पनि काम नगरेको स्थानीय बताउँछन् । ‘अहिलेसम्म बुटाबारीदेखि बेल्डाँडीसम्मको २० किलोमिटर सडक खण्डको हालत हेर्दा लाजमर्दो छ,’ बेलौरी बजारका स्थानीय कैलाश साउँदले भने, ‘निर्माण कम्पनीले सुरुमा ठेक्का लिएको समयमा आएर ढुंगा फिजायो, तर त्यसपछि भने आएकै छैन ।’ बेलौरी बजारमा केही भाग आरसिसी गरेर नागरिक दैनिकबाट ……..

प्रतिकृया दिनुहोस्