RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/९/२६ गते
५४६ पटक

वर्षभरीको अवधिमा कोभिड–१९ को खोप विश्वव्यापी हुने अपेक्षाबीच २०२१ मा विश्वव्यापी अर्थतन्त्र ४ प्रतिशतले विस्तार हुने अपेक्षा गरिएको छ ।

नीति निर्माताहरु महामारी नियन्त्रण गर्न निःशन्देह रुपमा लागेमा र लगानी बढाउने सुधार कार्यान्वयन गरेमा सुधार निष्क्रिय जस्तो हुने विश्व बैंकले २०२१ को ग्लोबल इकोनोमिक प्रस्पेक्टस रिपोर्टमा जनाएको छ ।

२०२० मा ४.३ प्रतिशतको संकुचनपछि विश्वव्यापी अर्थतन्त्रमा वृद्धि हुनथाले पनि महामारीले ठूलो संख्यामा मृत्यु हुने र बिरामी पर्ने संख्यामा पनि त्यत्तीकै वृद्धि भएको छ ।

यसले करोडौ मानिस गरिबीमा धकेलिएका छन्, आर्थिक गतिविधि पनि निराशाजनक भएको छ र आम्दानी पनि घटेको छ । अल्पकालिन उच्च नीति प्राथमिकताले कोभिड–१९ को विस्तार रोकिएको छ भने व्यापक खोपको विस्तार र परिचालन भएको छ ।

आर्थिक सुधारलाई सहयोग गर्न सरकारहरुले पुनः लगानीचक्रलाई सहज बनाउनु पर्ने छ । जुन सरकारी ऋणमा कम निर्भर हुने छ ।
“विश्वव्यापी अर्थतन्त्र मन्द सुधारमा प्रवेश गरेसँगै नीति निर्माताहरुले कठिन चुनौतीको सामना गर्नुपर्ने देखिन्छ ।

यो विशेषगरी जन स्वास्थ्य, कर्जा व्यवस्थापन, बजेट नीतिहरु, केन्द्रीय बैंकिङ र संरचनात्मक सुधारमा हुने छ,” विश्व बैंक समूह अध्यक्ष डेभिड माल्पासले बताए । “महामारीको प्रभावबाट बाहिरिन र लगानी तनावबाट प्रतिरक्षा गर्न व्यवसायीक वातावरणमा प्रमुख जोड दिनु, श्रम र उत्पादन बजारको लचकता बढाउन र पारदर्शीता तथा सुशासन बढाउनु आवश्यक छ,” उनको भनाई छ ।

कारोबार दैनिकबाट………….

प्रतिकृया दिनुहोस्