RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/९/२८ गते
७३१ पटक

काठमाडौं। मन्त्रालयले पुष १४ को मन्त्रीस्तरीय निर्णयअनुसार सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्ने सम्बन्धी मापदण्ड २०७७ को दफा १३ बमोजिम काम गर्न स्थानीय तहलाई निर्देशन दिएको हो ।

मापदण्डको दफा ४ को उपदफा ४ बमोजिम करारमा नियुक्ति गर्दा अन्य कानुन÷निर्देशिका वा मापदण्डले अन्यथा व्यवस्था गरेकोमा बाहेक स्थानीय तहले कार्यपालिकाबाट निर्णय गरी गर्न सकिने मन्त्रालयले पत्रमा उल्लेख गरेको छ ।

यस्तै मापदण्डको दफा ६ को उपदफा ५ बमोजिम अत्यावश्यक विषयमा थप आर्थिक दायित्व सिर्जना हुनेगरी वा खाइपाई आएको भत्ता वा सुविधा थप हुनेगरी निर्णय गर्नुपरेमा स्थानीय तहअन्तर्गतको सार्वजनिक निकायले सम्बन्धित कार्यपालिकाको निर्णय बमोजिम सहमति लिनुपर्नेछ ।

मापदण्डको दफा ७ को प्रतिवन्धात्मक वाक्यांशबमोजिम सवारी साधन खरिद गर्दासमेत स्थानीय तहले कार्यपालिकाको निर्णय बमोजिम सहमति लिनुपर्ने छ ।

प्रतिकृया दिनुहोस्