RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/९/२९ गते
५६२ पटक

काठमाडाैं । हाल देशको पहाडी भू-भागमा आंशिक बदली रहेको छ भने तराई भू-भागमा हुसु/कुहिरो लागेको छ ।

आज दिउँसो प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रहेकाे छ भने देशका अन्य भू-भागहरूमा माैसम सामान्यतया सफा रहने जल तथा माैसम विभागले जनाएकाे छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

पौष २९ गते (बुधबार)

दिउँसो : प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ र गण्डकी प्रदेशको एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

राती : प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रही सुदुरपश्चिम प्रदेशको तराईका भु(भागमा आंशिक बदली रहनुका साथै देशका अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ र गण्डकी प्रदेशको एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

माघ १ गते (बिहीबार)

दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश नं १ र गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

राती : देशभर आंशिक देखि सामान्य बदली रहनेछ । प्रदेश नं १ र गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

माघ २ गते (शुक्रबार)

दिउँसो : सुदुरपश्चिम तथा कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली रही प्रदेश १ का पहाडी भू-भागमा आंशिक बदली रहनेछ। देशका अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । सुदुरपश्चिम प्रदेशको उच्च हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।

राती : प्रदेश १ मा आंशिक देखि सामान्य बदली रही देशका अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रतिकृया दिनुहोस्