RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/९/२९ गते
५५६ पटक

काठमाडौं । राजनीतिक रुपमा दुई चिरा परेको नेकपा छुट्दा प्रधानमन्त्री केपी शर्मा ओली समूहमा लागेर मन्त्री पड्काएका रायमाझीले बुधबार रिपोटर्स क्लबमा पत्रकारहरुसँग भएको साक्षात्कारमा यस्तो प्रतिक्रिया दिएका हुन् ।

परिवर्तनका मुद्दाहरु गुम्ने अवस्था आइसकेपछि प्रतिनिधि सभा विघटन गर्नुपरेको बताउँदै मन्त्री रायमाझीले प्रधानमन्त्रीको कदम दूरगामी महत्वको भएको बताए ।

‘यो प्रधानमन्त्रीको रहरको कुरा होइन’, पत्रकारहरुको प्रश्नको सामना गर्दै मन्त्री रायमाझीले भनेका छन्, ‘यो विवश भएर चालिएको कदम हो । प्रणाली र व्यवस्था बचाउनको लागि चालिएको कदम हो यो ।’

तीन वर्षभित्र सबै मन्त्री बनिसकेको उल्लेख गर्दैै मन्त्री रायमाझीले आफू हिँडेपछि सरकार ढाल्न खोजेको आरोप पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमारलाई लगाए । ‘तीन वर्षसम्म चाहिँ मज्जाले केपी ओली नेतृत्वको सरकारमा बस्ने । अनि आफू पनि हिँड्ने, सरकारलाई पनि ढाल्न खोज्ने ?’, मन्त्री रायमाझीले प्रश्न गरे ।

प्रतिकृया दिनुहोस्