RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१०/१ गते
६४० पटक

बिर्तामोडमा ओली समूहको नेकपाले गरेको अगुवा कार्यकर्ता भेलामा पोखरेलले बलियो कम्युनिस्ट पार्टी निर्माणको उद्देश्यले नभई भोलि दण्डित हुनुपर्ने डरले प्रचण्ड एकतामा आएको दाबी गरेका हुन् ।

‘प्रचण्डमा जनयुद्धको ज्यादतीका कारण भोलि केही हुने हो कि भन्ने डर थियो,’ पोखरेलले भने, ‘त्यही डरका कारण प्रचण्डजी पार्टी एकता गर्न बाध्य हुनुभएको हो ।

कांग्रेस र साना दलसँग मिलेर प्रधानमन्त्री बन्न नसक्ने भएपछि मात्र प्रचण्डले पार्टी एकता गरेको उनको तर्क थियो । ‘तत्कालीन चुनावी वाम गठबन्धनलाई धोका दिएर प्रचण्ड पाँचवर्षे प्रधानमन्त्री बन्न खोजेका थिए,’

‘वाम गठबन्धनले एउटै चुनाव चिह्न र घोषणापत्रमा साझा उम्मेदवार बनाएर चुनाव लड्ने सहमति भयो । त्यसको २४ घन्टा नबित्दै प्रचण्डजीले चुनाव चिह्न त हुँदैन भन्नुभयो ।

उपप्रधानमन्त्री पोखरेलले उदारतापूर्वक केपी ओलीले प्रचण्डसँग पार्टी एकता गरेको दाबी गरे । पार्टी एकताका लागि प्रचण्डले पठाएको चिर्कटोमा प्रधानमन्त्री ओलीले हेर्दै नहेरी हस्ताक्षर गरेको उनको दाबी थियो ।

प्रधानमन्त्री ओलीले राजनीतिक नियुक्ति, संवैधानिक नियुक्ति गर्न खोज्दा प्रचण्डले भागबन्डा खोजेर नियुक्ति गर्न नदिएको आरोप लगाए । उपप्रधानमन्त्री पोखरेलले माधव नेपाल र झलनाथ खनालले कुण्ठाका कारण पार्टी फुटाएको दाबी गरे । ‘प्रचण्डको अन्तर्विरोध, माधव–झलनाथको कुण्ठाले यस्तो भएको हो ।

‘कोही कार्यकर्तालाई नसोधी एमालेसँग प्रचण्डले पार्टी एकता गर्दा क्रान्तिकारी भयो । माधव नेपालसँग सहकार्य गर्दा अग्रगामी भयो,’ उनले भने, ‘हामीले केपी ओलीलाई साथ दिँदा लाल गद्दार भयौँ ? हाम्रो कदम पनि क्रान्तिकारी कदम हो ।’

 

प्रतिकृया दिनुहोस्