RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१०/४ गते
७९९ पटक

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई एकजना मोडलसँग दाम्पत्य जीवनमा बाँधिने भएका छन् । सन् २०१८ की ‘मिस मंगोल नेपाल’ ज्याङ्मु शेर्पासँग यही ११ माघमा विवाह गर्न लागेको मुख्यमन्त्री राईको सचिवालयले पुष्टि गरेको छ ।

उनको विवाह हुँदैछ भन्ने चर्चा चले पनि बेहुलीको नाम गोप्य राखिएको थियो । परिवारको स्रोतले मोडल शेर्पासँग विवाह हुन लागेको जानकारी दिएपछि त्यसलाई सचिवालयले पुष्टी गरेको हो ।

मुख्यमन्त्री राईको पर्खौली घर भोजपुर हो भने शेर्पाको पुख्र्यौली घर संखुवासभा हो र उनी हाल काठमाडौंमा बस्दै आएकी छन् । मोडल शेर्पाका बाबु–आमा अमेरिकामा छन् ।

परिवार श्रोताका अनुसार मुख्यमन्त्री राई र शेर्पा केही समयदेखि प्रेम सम्बन्धमा छन् । उनीहरुको उमेरको अन्तर भए पनि अन्तत यी दुई प्रेम विवाहमा बाँधिन लागेका हुन् ।

प्रतिकृया दिनुहोस्