RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१०/६ गते
६१ पटक

नेपाल प्रहरी उच्च स्रोतका अनुसार आगामी निर्वाचनका लागि ९९ हजारमा केही संख्या थप हुने गरी म्यादी प्रहरी आवश्यक पर्ने निश्कर्ष सहित भर्नाको तयारी भइरहेको छ । प्रहरीले सकेसम्म संसद विघटनको मुद्दालाई सर्वोच्च अदालतले टुंगो लगाएपछि मात्रै भर्ना आहवान गर्ने गरी छलफल गरिरहेको छ ।

‘संख्याका विषयमा लगभग टुंगो लागिसक्यो, ९९ हजारमा केही बढ्ने र एक लाख ननाघ्ने गरी म्यादी प्रहरी भर्ना आहवान गर्ने गरी प्रारम्भिक खाका बनेको छ, तर सर्वोच्चले संसद विघटनको मुद्दामा फैसला गरेपछि मात्रै भर्ना आह्वान होला,’ प्रहरी उच्च स्रोतले हाम्राकुरासँग भन्यो ।

‘निर्वाचनको पचास दिन अघिसम्म भर्ना गर्दा पनि तालिम दिएर निर्वाचनका लागि म्यादी प्रहरीलाई तयार बनाउन सकिन्छ, त्यसकारण फागुनको १५ देखि २० गतेसम्मा भर्ना आहवान गर्ने गरी तयारी भइरहेको छ,’ केन्द्रीय प्रहरी प्रवक्ता कुँवरले हाम्राकुरासँग भने ।

त्यसबखत भर्ना आह्वान गर्दा साधारण लेखपढ गर्न जान्ने, शारीरिक रूपमा तन्दुरुस्त, कुनै दलको सदस्य नभएको र कुनै फौजदारी अभियोग नलागेको १८ देखि ५४ वर्ष उमेरबीचका व्यक्ति म्यादी प्रहरीका लागि योग्य मानिएको थियो भने मासिक १७ हजार २ सय ३० रुपैयाँ म्यादी प्रहरीको तलब निर्धारण गरिएको थियो ।

म्यादी प्रहरीका लागि भर्ना आहवान गर्दा अवकाशप्राप्त सुरक्षाकर्मी, विगतमा म्यादी प्रहरीका रुपमा काम गरेका तथा गार्डका रुपमा काम गरेकालाई भर्नामा प्राथमिकता दिइने गरिएको छ ।

 

प्रतिकृया दिनुहोस्