RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१०/६ गते
५८० पटक

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले पार्टीका सबै जिल्ला, जनसंगठन र तहका कमिटीहरू तत्काल पुनर्गठन गर्न निर्देशन दिएका छन् ।

नेकपा नुवाकोटका काठमाडौंमा उपलब्ध अगुवा कार्यकर्ता भेलालाई मंगलबार सम्बोधन गर्दै उनले प्रतिनिधिसभा विघटन भई निर्वाचनको मिति घोषणा भइसकेकाले जनस्तरमा पुगेर सक्रिय हुन आग्रह गरे ।

ओलीले भने- प्रतिनिधिसभा पुनर्स्थापना हुन्छ वा निर्वाचन हुँदैन भन्ने भ्रममा नपर्न म आग्रह गर्दछु । हामीले लिएको सही विचार र मुलुकको समृद्धिका लागि म सबैलाई एकताबद्ध भई पार्टीको शुद्धीकरण अभियानमा गतिशील हुन अनुरोध गर्दछु ।

ओलीले पार्टीले ‘जनताको बहुदलीय जनवाद’को मूलभूत विचारको मार्गदर्शनका आधारमा हाल ‘जनताको जनवाद’को विचार लिएको र यसलाई क्रमशः परिमार्जन  गर्न सकिने जनाउँदै पार्टी विभाजन गर्न खोज्नेहरूसँग कुनै विचार नभएको जिकिर गरे ।

कतिपय नेताले युवालाई भड्काउन खोजेको आरोप लगाउँदै  ओलीले सरकार र आफूहरू शान्तिपूर्ण गतिविधिका पक्षमा रहेको स्पष्ट पारे । उनले भने, ‘हामी हिंसामा विश्वास गर्दनौँ, जनतामा विश्वास गर्छौँ । विगतमा लडाकुका रकमका नाममा वा निर्वाचनका नाममा गरिएकाजस्ता अनियमिततता अब हुँदैन ।’

रासस……………..

प्रतिकृया दिनुहोस्