RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१०/७ गते
८२६ पटक

लगातार दुईपटक निर्वाचित भए केवल स्वागत मात्र हुन्छ । यसपटक डेमोक्रेटिक पार्टीका जोसेफ आर बाइडेन जुनियर अर्थात् जो बाइडेनले बुधबार (आज) राति १०ः४५ बजे ४६औँ राष्ट्रपतिका रूपमा शपथ लिनेछन् ।

क्यापिटल हिलमा यसपटकको शपथ समारोह सामान्य हुनेछ । कोरोना भाइरसका कारण ८० प्रतिशत शपथ कार्यक्रम भर्चुअल रूपमा गरिन लागेको हो ।

अमेरिकाको राजधानी वासिङ्टन डिसीलगायत ५० राज्यमा सुरक्षा व्यवस्था निकै बलियो बनाइएको छ । शपथ कार्यक्रममा हिंसात्मक गतिविधि हुन सक्ने आशंकाका साथ सुरक्षा व्यवस्था कडा बनाइएको एजेन्सीहरूले जनाएका छन् ।

अहिलेसम्म अमेरिकामा तीनजना मात्र राष्ट्रपति थिए । ट्रम्प बुधबार क्यापिटल हिलमा नगए उनी शपथ कार्यक्रममा भाग नलिने चौथो राष्ट्रपति बन्नेछन् । सन् १८०१ मा जोन एडम, १८२९ मा क्विन्स एडम्स तथा १८६९ मा एन्ड्रयु जोनसन शपथ कार्यक्रममा गएका थिएनन् ।

गत साता राष्ट्रपति ट्रम्पले भनेका थिए, ‘म यो घोषणा गर्छु कि लोकतन्त्रको परम्परा तोड्न पछि पर्दिनँ ।’ निर्वाचित राष्ट्रपतिलाई बधाई दिन आफू क्यापिटल हिलमा उपस्थित नहुने उनको भनाइ थियो । तर, उपराष्ट्रपति माइक पेन्स भने कार्यक्रममा सहभागी हुने भएका छन् । बाइडेनले पेन्सको निर्णयलाई बहादुरीको संज्ञा दिँदै स्वागत गरेका छन् ।

प्रतिकृया दिनुहोस्