RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१०/१२ गते
५४९ पटक

काठमाडौँ – देशका अधिकांश पहाडी क्षेत्रमा सोमबार आंशिक बदलीको सम्भावना रहे पनि अरु क्षेत्रको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले मौसममा केही प्रभाव पर्ने देखिएको हो ।

हाल देशका पहाडी भू–भागमा आंशिक बदली छ भने बाँकी क्षेत्रको मौसम सामान्यतय सफा रहेको छ ।

सोमबार दिउँसो प्रदेश १, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी क्षेत्रमा आंशिक बदली रहि बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ को उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

यस्तै राति प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहि बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

यसैबिच उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको तथा तराईका केही स्थानमा हुस्सु–कुहिरो समेत लाग्ने सम्भावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।

प्रतिकृया दिनुहोस्