RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१०/१३ गते
८६६ पटक

जुम्लामा फुजीजातको स्याउ खेती सफल भएपछि लगानी बढ्दै गएको छ । छोटो समयमै फल लाग्ने,उत्पादन पनि बढी हुने भएकाले जुम्ली किसान करोडांै लगानी गरेर फुजीजातको व्यावसायिक स्याउ खेतीमा जुटेका छन् ।

गुठीचौर एग्रो फर्मका व्यवस्थापक केसीबहादुर भण्डारीले करिब १३ करोड लगानीमा फुजीजातको स्याउ खेती गर्ने तयारी गरेका छन् । ९५ जना स्थानीयको स्थानीयको १ लाख ५० हजार वर्गमिटर जग्गा २० वर्षका लागि लिजमा लिएर फुजीजातको स्याउ खेती गर्न थालिका हुन् ।

करोडौं लगानी गरेर, जगा लिजमा लिएर स्याउखेतीमा होमिनु भनेकै फुजी स्याउको व्यवसायीक उत्पादन तथा आर्थिक समृद्धीको संकेत हो ।
भण्डारीले भने, “गुठिचौर सबै क्षेत्र स्याउखेतीका लागि उत्तम छ । स्याउ खेतीनै जुम्लाको आर्थिक समृद्धीको मेरुदण्ड भएकाले १५÷२० जना यूवालाई रोजगारी मिल्ने, आर्थिक आम्दानी पनि हुने र बाझो जगा सदुपयोग हुने गरी १३ लगानीमा फुजीजातको स्याउ खेती गर्दैछु ।

डेढ वर्गमिटर जगाको घेरवारको काम ८० प्रतिशत सम्पन्न भएको छ । चिसोका कारणले केही घरवार र जमिन समथर पार्ने काम बाँकी रहेको छ । आउँदो फागुन र चैत महिनामा सवै काम सम्पन्न गरी ३० देखि ४० हजार फुजीजातका स्याउका विरुवा रोप्ने तयारी गरिको भण्डारीले उल्लेख गरे । फुजी स्याउको बिरुवा रोपेको एक वर्षमै फल उत्पादन हुन्छ ।

मलाई कुनै सरकारी कार्यालयबाट अनुदान पनि आएको छैन् । जुम्लाको कृषि सम्भवानालाई अबसरमा रुपान्तरण गर्न कृषि क्रान्ती गर्न लागेको छु । भण्डारीले थपे,“विभिन्न बैंक तथा वित्तिय क्षेत्रबाट ऋण जोहो गरी व्यवसायीक स्याउ खेती गर्दै छु । यसमा कृषि र स्याउँ सुपरजोनबाट प्राविधिक सहयोग र विरुवामा ५० प्रतिशत अनुदानको कुरा भएको छ ।” तर स्याउको बजारीकरण तथा संकलन केन्द्रका लागि स्थानीय सरकारले सहयोग गर्नुपर्ने उनको माग छ ।

कर्णालीकै ठूलो तथा नमुना कृषि फर्मका रुपमा विकास गर्ने गरी ठुलो जोखिम मोलेर स्याउ खेतीमा १३ करोड लगानी गर्ने पहिलो किसानका रुपमा केसीबहादुर भण्डारीले आफूलाई चिनाएका छन् । उनको स्याउखेती प्रतिको लगानीले अन्य किसानलाई स्याउ खेतीमा लाग्न प्रेरण मिलेको छ ।

व्यावसायिक स्याउखेती गर्नका लागि खास्सै सरकारी अनुदान नभएपनि जुम्लाका किसानहरू फुजीजातको स्याउखेती तर्फ आर्कषित भएको स्याउ सुपरजोन कार्यालय जुम्लाका प्रमुख नवराज भण्डारीले बताए । गुठीचौरमा परियोजनाकै रुपमा १३ करोड लगानीमा संचालन हुन लागेको स्याउखेतीलाई ५० प्रतिशत अनुदानमा बिरुवा दिने र प्राविधिक सहयोग गर्ने उनको भनाई छ ।

त्यस्तै तातोपानी गाउँपालिका – ६ हियाखोला गाउँका १ लाख ३० हजार वर्गमिटर क्षेत्रफल भएको जमीनमा ४ हजार फुजीजातको स्याउका विरुवा रोप्ने तयारी अन्तिम चरणमा पुगेको छ ।

स्याउ खेतीमा कृषि कार्यालय र सुपरजोनले विरुवा र साना सिँचाइ घेरबारमा केही अनुदान पनि दिन तयारी गरिएको भण्डारीले बताए । उनले भने, “फुजीजातको स्याउ प्रतिबिरुवा एक हजार र स्थानीय जातको स्याउँको प्रतिविरुवा ७० रुपियाँ र ओखर प्रतिविरुवा ७ सय रुपैयाँ जिल्ला दररेट कायम गरेको छ । जिल्ला दररेटअनुसार कृषकले प्रतिबिरुवामा ५० प्रतिशत अनुदान प्राप्त गरेका छन् ।”

जुम्लामा पहिलो पटक २०७३ माघमा चन्दननाथ मन्दिरको शेराज्यूलामा फुजीजातको स्याउ खेती शुरु गरिएको थियो । उक्त स्याउखेती सफल भए संगै जुम्लामा फुजीजातको स्याउखेती विस्तार भएको हो ।

जुम्लाको कुल क्षेत्रफलमध्य ३ हजार ८ सय हेक्टर जमिनमा स्याउ खेती थालिएकोमा १ हजार ५ सय हेक्टर जमिनमा स्याउ उत्पादन भईरहेको कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाले जानकारी दिए ।
स्याउका विरुवा निर्यात

कृषकले उत्पादन गरेका स्याउका बिरुवा जिल्लाबाहिर निर्यात हुन थालेका छन् । जिल्लाबाहिरका किसान जुम्ली स्याउको बिरुवा लिन नर्सरीमै पुग्ने गरेका छन् । यो वर्ष पहिलो पटक दाङ जिल्लामा स्याउ बिरुवा निर्यात भएको छ ।

एक जना किसानले ६ हजार वटासम्म बिरुवा बेचेका छन् । सिंजाका किसान हंस कठायतले ६ हजार बिरुवा बेचेका हुन् । बिरुवा लिन कृषि कार्यालय दाङको टोली गाडी लिएर जुम्ला पुगेको थियो । स्थानीय कृषक गोपाल रोकायाले भने, ‘नर्सरीबाटै ६ हजार बिरुवा २ वटा गाडीमा पठाइयो किसानले सबै बिरुवाको नगद नर्सरीमै पाए ।’

स्याउका बिरुवा रोप्ने सिजन आउन बाँकी भए पनि तातो हावापानी भएको जिल्लामा स्याउ रोप्न थालिएको हो । नर्सरीमै ४० रुपैयाँ प्रतिबिरुवा बेचेको किसान बताउँछन् । फाटफुट किन्दा प्रतिबिरुवा ५० रुपैयाँ पर्छ । स्याउ जुम्लाको पहिचान हो । निरोगी बिरुवा उत्पादन गरेर जिल्लाबाहिर पठाउन किसान उत्साहित छन् । यहाँको बिरुवा तत्कालीन कर्णालीका ५ जिल्ला तथा बझाङ, बाजुरा, दैलेख, सोलुखुम्बू, ताप्लेजुङ, डोटी र जाजरकोटसम्म निर्यात हुन्छ ।

कारोबार दैनिकबाट…………

प्रतिकृया दिनुहोस्