RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१०/१६ गते
७१२ पटक

काठमाडौं । सरकारले बेलायतबाट नेपाल आउने यात्रु र उडानमाथि लगाएको प्रतिबन्ध हटाएको छ । बेलायतस्थित नेपाली दूतावासले बिहीबार विज्ञप्तिमार्फत् नेपाल आउन चाहने यात्रुलाई शर्तसहित उडान अनुमति गर्न पाउने जनाएको छ ।

सरकारले बिहीबार तत्काल लागू हुने गरी ‘विदेशबाट नेपाल आगमन हुने यात्रुहरुको स्वास्थ्य सुरक्षा तथा क्वारेन्टाइनसम्बन्धी आदेश, २०७७’ पनि जारी गरेको थियो ।

नेपालमा यात्रा गर्न प्रतिबन्ध हटाएपनि केही निश्चित शर्त पालना गर्नुपर्ने छ । सरकारले कोरोना महामारीको नयाँ भेरियन्ट देखा परेपछि डिसेम्बर तेस्रो सातादेखि बेलायत लगायत मुलुकबाट नेपाल प्रवेश गर्न प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

प्रतिकृया दिनुहोस्