RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१०/१७ गते
४८९ पटक

काठमाडौँ,  । नेपाल विद्युत प्राधिकरण प्रादेशिक कार्यालय विराटनगरले एक महिना विद्युत कटौती हुन सक्ने सूचना सार्वजनिक गरेको छ ।

प्राधिकरणको केन्द्रीय कार्यालयमार्फत सार्वजनिक प्रादेशिक कार्यालय विराटनगरको लेटर हेडमा उल्लेखित सूचनामा दुहवी–खनार ३३ केभी डबल सर्किट प्रसारण लाइनको सुदृढीकरण गर्नु पर्ने भएकाले एक महिनासम्म विहान ८ बजेदेखि अपराह्न ५ बजेसम्म विद्युत कटौती हुन सक्ने उल्लेख गरिएको छ ।

कार्यालयका अनुसार इटहरी वितरण केन्द्रबाट वितरित विद्युत आगामी फागुन १२ गतेसम्म ९ घण्टा कटौती हुन सक्ने उल्लेख छ ।

प्रतिकृया दिनुहोस्