RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१०/१७ गते
५८७ पटक

चितवन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ्गले आम चुनावमा जानुको विकल्प नरहेको बताएका छन् ।

शनिबार चितवनमा आफू निकटको आमसभालाई सम्बोधन गर्दै मन्त्री नेम्वाङ्गले यस्तो बताएका हुन् । ‘अब देश मध्यावधि निर्वाचनमा जान्छ’, मन्त्री नेम्वाङ्गले भनेका छन्, ‘अब चुनावमा जानुको विकल्प छैन ।’

यस्तै मन्त्री नेम्वाङ्गले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सबै नेपालीले धन्यवाद दिनुपर्ने पनि बताएका छन् ।

प्रतिकृया दिनुहोस्