RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१०/१७ गते
६१९ पटक

काठमाडौं। सामाजिक सञ्जल फेसबुकमा लामो धारणा राख्दै अध्यक्ष थापाले ताजा जनादेशमा जानु भनेको प्रधानमन्त्री ओलीको अकमर्णयता र असफलताबाट मुक्ति पाउनु भएकोसमेत उल्लेख गरेका छन।

‘नयाँ चुनावमा जाँदा संविधानको हत्या हुन्छ भन्नु संविधान र प्रजातन्त्रसम्मत छैन,’थापाले लेखेका छन, ‘नयाँ चुनावको समर्थन केपी ओली वा सरकारको समर्थन होइन ।’

‘केपी ओलीको असफलता र  अकमर्णताबाट मुक्तिको लागि पनि ताजा जनादेश उपयुक्त हुन्छ,’ थापाले अगाडी लेखेका छन, ‘बहुमत प्राप्त प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्ने वारे संविधानमा केही अस्पष्टता छ।

संविधानको आशय स्थिरता भएको उल्लेख गर्दै थापाले अगाडि लेखेका छन् , ‘विघटनले होइन, पुनर्स्थापनाले अस्थिरता ल्याउने स्पष्ट छ ।’विगतको अनुभव दृष्टिगत गर्दै संविधानले स्थिरतालाई जोड दिएको अध्यक्ष थापाको भनाई छ ।

अध्यक्ष थापाले निहित स्वार्थको निमित्त करोडौं खर्च गरेर शक्ति प्रदर्शनको नाममा अदालतलाई धम्क्याउने र अस्थिरता सिर्जना गर्ने कार्यले संविधान र प्रजातन्त्रलाई कमजोर बनाउने बताए।

प्रतिकृया दिनुहोस्