RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१०/१७ गते
६३८ पटक

काठमाडौं,  नेपालमा कोरोना भाइरसका एकसय नाै जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७० हजार ८५४ जना पुगेको जनाएको छ ।

पछिल्लो चौबीस घण्टामा तीन हजार ६१८ जनाको पीसीआर परीक्षण गर्दा कोरोना भाइरसका एकसय नाै जना सङ्क्रमित थपिएका हुन् । अहिलेसम्म २० लाख ६७ हजार ६९९ पीसीआर परीक्षण भइसकेको छ ।

देशका विभिन्न अस्पतालबाट ३५० जना सङ्क्रमित सङ्क्रमणमुक्त भई घर फर्केको मन्त्रालयले जनाएको छ । पछिल्लो चौबीस घण्टामा ३५० जना कोभिडमुक्त भएसँगै नेपालमा कोरोना निको हुनेको संख्या दुई लाख ६६ हजार ४८ जना पुगेको छ । नेपालमा कोरोना निको हुनेको प्रतिशत ९८.२३ पुगेको छ ।

पछिल्लो चौबीस घण्टामा दुईजनाकाे मृत्यु भएकाे मन्त्रालयले उल्लेख गरेको छ । याे सँगै दुई हजार २७ जना सङ्क्रमितकाे मृत्यु भएकाे छ ।

हाल दुई हजार ७७९ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ भने दुई हजार ७७९ जना आइसोलेशनमा र १०९ जना क्वारेन्टिनमा छन् ।

प्रतिकृया दिनुहोस्