RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१०/२२ गते
६५४ पटक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले आज देशव्यापी आमहड्ताल घोषणा गरेको छ । आम हड्ताल सफल बनाउन सडकमा उत्रिएका नेकपा दाहाल-नेपाल समूहका नेता तथा कार्यकर्ता पक्राउ परेका छन् ।

प्रहरीले कलंकीबाट नेकपा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यसहित अन्य नेता कार्यकर्तालाई पक्राउ गरेको हो । दाहाल-नेपाल समुहले नेतृ शाक्यलाई कलंकी क्षेत्रको कमान्डर तोकेको थियो ।

आमहड्तालमा प्रहरी प्रशासनले राजधानीमा सुरक्षा व्यवस्था कडा बनाएको छ । प्रहरीका अनुसार हालसम्म बन्द गराउँदै हिँडेका केही कार्यकर्ताहरुलाई सोह्रखुट्टे, महाराजगञ्ज र नयाँ बानेश्वरबाट समेत पक्राउ गरिएको छ ।

प्रतिकृया दिनुहोस्