RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१०/२३ गते
१४०९ पटक

काठमाडौँ — कतारले कोरोना संक्रमणलाई नियन्त्रण गर्नको लागि चालिएको ३२ बुँदे सूचना पालना नगर्नेलाई २ लाख रियाल जरिवाना र तीन बर्षसम्म कैद गर्ने जनाएको छ ।

कतारको राजधानी दोहा । तस्बिर : रोयटर्सकतारमा पुन: कोरोना संक्रमण फैलिन थालेपछि कडाई गर्नको लागि ३२ बुँदे स”चना जारी गरिएको हो । दोहास्थित नेपाली दुतावासले कतारी नियमलाई कडाईका साथ पालना गर्न नेपाली समुदायलाई आग्रह गरेको छ ।

दूतावासले क्याम्पबाट बाहिर निस्कँदा मास्क अनिवार्य लगाउनुपर्ने, मोबाइलमा इतराज एम्लीकेशन हुनुपर्ने, क्याम्पभित्र ५ र खुल्लास्थानभित्र १५ जनाभन्दा बढी भेला नहुन, सार्वजनिक स्थल वा समुद्री किनारामा १५ जना भन्दा बढी भेला नहुन, सवारी साधानमा

चालकसहित ४ जनाभन्दा बढी यात्रा नगर्न लगायत नियमलाई पालना गर्न आग्रह गरेको छ । हालसम्म बिना माक्स हिँड्ने ७ हजार जनालाई पक्राउ गरिसकेको आन्तरिक मन्त्रालयले जनाएको छ ।

बिहीबार कतारमा ४ सय ७ जनालाई कोरोनाको संक्रमण देखिएको थियो । केही दिनदेखि संक्रमण बढेपछि कतार सरकारले सरकारी तथा निजी क्षेत्रमा ८० प्रतिशत मात्रै श्रमिकले काम गर्न पाउने, मेट्रो तथा सार्वजनिक बसमा ३० प्रतिशत मात्रै यात्रा गर्न पाइने नियमलाई कार्यान्वयनमा ल्याएको छ ।

२३ डिसेम्बरबाट कोरोना विरुद्धको खोप लगाउन थालेको कतारमा हाल दोश्रो डोज दिन थालिएको छ ।

कान्तिपुर दैनिकबाट…………

प्रतिकृया दिनुहोस्