RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१०/२४ गते
८०६ पटक

काठमाडाैँ । चीनले नेपाललाई कम्तीमा पनि ५ लाख डोज काेभिड-१९ विरुद्धको खोप दिने भएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र चिनियाँ विदेश मन्त्री वाङ यीबीच शुक्रबार साँझ भएको टेलिफोन वार्तामा यस्तो समझदारी बनेको हो ।

फोनवार्ताका क्रममा चिनियाँ विदेशमन्त्री यीले चीन सरकारले नेपाललाई काेभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि पाँच लाख डोज खोप उपलब्ध गराउने प्रतिवद्धता जनाएको परराष्ट्रमन्त्रालयले जनाएको छ ।

यसअघि नेपालका लागी चिनियाँ राजदूत होउ यान्छीले तीन लाख डोज खोप उपलब्ध गराउने बताएकी थिइन् । दुई नेताबीचको फोन वार्तामा नेपालको पछिल्लो राजनैतिक अवस्थाबारे छलफल भएको बताइएको छ ।

परराष्ट्रमन्त्रीले खोप उपलव्ध गराउने भएकोमा चिनियाँ समकक्षीलाई धन्यवाद दिए । नेपालले चीनमा उत्पादित भ्याक्सिन प्रयोगका लागि अनुमति दिइसकेको छैन ।

 

प्रतिकृया दिनुहोस्