RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१०/२८ गते
५३० पटक

कृषि क्षेत्रमा वैदेशिक लगानी भित्र्याउँदा साना किसानहरुलाई मार्का नपर्ने गरी भित्राउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।संसदको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको सोमबारको बैठकमा सरोकारवालाहरुले कृषिमा वैदेशिक लगानी भित्राउँदा देश भित्रका साना किसानहरुलाई मार्का पर्ने भएकोले त्यसतर्फ सरकारले ध्यान दिनुपर्ने बताएका हुन् ।

कृषिमा विदेशी लगानी भित्राउँदा सरोकारवालासँग गहन छलफल गर्नुपर्ने बताए । सरोकारवालाको छलफल बिना एकाएक विदेशी लगानी भित्रयाउँदा नेपालको पूरै कृषि क्षेत्र विदेशीलाई हस्तान्तरण गरेजस्तै हुने उहाँको भनाई छ । सरकारले ऐन बनाउँदा विशेष ध्यान पु¥याउनुपर्ने उहाँले बताउनुभयो ।

यस्तै डेरी उद्योग संघका उपाध्यक्ष निराजन श्रेष्ठले कृषिमा विदेशी लगानी भित्राउनु अघि नेपालका कृषकहरुको रोजगारीको व्यवस्थामा ध्यान दिनुपर्ने बताउनुभयो । जनशक्ति, जमिन र खाद्य सुरक्षामा पनि ध्यान पु-याउनुपर्ने उहाँको भनाई छ ।
डेरी उद्योग संघका महासचिव प्रल्हाद दाहाल राज्यले पहिले नेपालका किसानलाई प्रतिस्पर्धी हुनसक्ने बनाउनुपर्ने बताए । त्यसपछि मात्रै विदेशी लगानी भित्राउनुपर्ने उनको धारणा छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव बैकुण्ठ अर्याल कृषिमा विदेशी लगानी साना तथा मझौला उद्योगमा नभई ठूला उद्योगमा भित्र्याउन लागिएको बताए । ५० करोडभन्दा बढी लगानी गर्ने तथा आफैले उत्पादन गरेर ७५ प्रतिशत बढी निकासी गर्नेलाई मात्रै भित्र्याइने उनले बताए ।

विदेशी लगानीले साना उद्योगी, व्यवसायीलाई अप्ठ्यारो नपर्ने मान्यता राखिएको उहाँले बताउनुभयो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. पेम नारायण कँडेलले कृषि तथा पशुपन्छी क्षेत्रको विकासमा नीति तथा कानुन बनाउँदा सम्बन्धित क्षेत्रको धारणा लिने गरेको बताए । किसान र निजी क्षेत्रलाई असर नपार्ने गरी कृषिमा विदेशी लगानी भित्रिने तथा यसले किसानलाई प्रतिस्पर्धि बनाउने पनि उहाँको भनाइ छ ।

कारोबार दैनिकबाट……………….

प्रतिकृया दिनुहोस्