RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१०/३० गते
५६८ पटक

बुुटवल : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बुटवलमा फागुन १ गते हुने आमसभाको पूर्वसन्ध्यामा मोटरसाइकल र्‍याली निकालेको छ ।

सयौं मोटरसाइकल सहभागि र्‍यालीले बुटवल सहर परिक्रममा गरेको छ । मोटरसाइकल र्‍यालीको लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं पार्टीका स्थायी कमिटी सदस्य शंकर पोखरेलले उद्घाटन गरे ।

ओली समूहले फागुन १ गते बुटवलमा आमसभा गर्दैछ, जसलाई सम्बोधन गर्न प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी ओली आउने कार्यक्रम छ । बुटवलमा अहिलेसम्मकै विशाल प्रदर्शन हुने सो पार्टीले जनाएको छ ।

मोटरसाइकल र्‍याली अघि भएको पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री पोखरेलले जनतालई वर्तमान राजनीतिको विषयमा जानकारी दिन अभियान थालिएको बताए ।

जनमतको अपहरण गर्न खोजेपछि जनतामा जाने फैसला गरिएको भन्दै उनले प्रचण्ड र माधवकुमार नेपालकै कारण प्रतिनिधिसभा विघटनको स्थिति आएको जिकिर गरे ।  ‘प्रचण्ड र माधव नेपाल पार्टी एकता र जनमतको पक्षमा उभिएको भए, संसद विघटन हुने थिएन’ लुम्बिनी प्रदेश इन्चार्जसमेत रहेका पोखरेलले भने, ‘प्रधानमन्त्रीलाई कमजोर बनाउने खेल खेलेकै कारण ताजा जनादेशमा जान खोजिएको हो ।’

सभाको अघिल्लो दिन शुक्रबार बुटवलमा पूर्वजनमुक्ति सेनाको भेला आयोजना गरिएको छ । भेलालाई उद्योगमन्त्री लेखराज भट्ट र मुख्यमन्त्री पोखरेलले सम्बोधन गर्दैछन् ।

नेकपा ओली समूहले बुुटवलमा हुने आमसभालाई आफ्नो शक्ति प्रदर्शनको हिसाबले निकै महत्वका रुपमा प्रचार गरेको छ । मुख्यन्त्री पोखरेलले बुुटवलमा हुने प्रदर्शन ऐतिहासिक हुने जिकिर गरे । ‘भनिने होइन, सहभागी नै २ लाख हुन्छन’, उनले भने ।

अन्नपुर्ण पोष्ट दैनिकबाट……….

प्रतिकृया दिनुहोस्