RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/११/१ गते
६७६ पटक

काठमाडौं । आज बिहान ताजकिस्तानमा गएको भूकम्पले छिमेकी देशसहितमा क्षति पु¥याएको छ ।

नेसनल सेन्टर अफ सिस्मोलोजीले ताजकिस्तानमा गएको भूकम्प ६.३ म्याग्निच्युटको भएको जनाएको छ । भूकम्पको धक्का भारतको कश्मीरदेखि दिल्लीसम्म, अफगानिस्तान र पाकिस्तानका पेशावर, इस्लामावाद लाहोरमासमेत महसुस गरिएको थियो ।

भूकम्पका कारण भारत कश्मीरका कयौं घर चर्किएको र पन्जाबको अमृतसरमा एक घर भत्किएको बीबीसीले जनाएको छ ।

उता, जम्मु कश्मीरका पूर्वमुख्यमन्त्री उमर अब्दुल्लाले सन् २००५ पछि यसप्रकारको धक्का पहिलोपटक महसुस गरिएको बताएका छन् ।

एजेन्सी

प्रतिकृया दिनुहोस्