RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/११/५ गते
२६२१ पटक

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दैछ । बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बोलाइएको छ ।

कांग्रेसले २०७७ फागुन ७ देखि १० गते सम्मका लागि आह्वान गरेको चौधौं महाधिवेशन सम्भव नभएपछि नयाँ मिति तय गर्ने सम्बन्धमा छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले मकालु खबरलाई जानकारी दिए ।

उनका अनुसार बैठकमा पार्टीको आन्तरिक जीवन, क्रियाशिल सदस्यता वितरण लगायतको विषयमा भएको प्रगतिको सम्बन्धमा पनि छलफल हुनेछ ।

यहि फागुन १९ गतेसम्म देउवा नेतृत्वको कार्यसमितिको कार्यकाल छ । अब कांग्रेसले कार्यकाल थप गर्न संविधानको साहरा लिनुपर्छ । जसअनुसार कांग्रेसलाई थप छ महिना कार्यकाल थप गर्ने बाटो खुला हुन्छ ।

प्रतिकृया दिनुहोस्