RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/११/८ गते
६४३ पटक

नेकपा प्रचण्ड–माधव पक्षले शुक्रबार आकस्मिक रुपमा पार्टी कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय समितिको अनौपचारिक बैठकमा नेताहरुले पुस ५ पछि अहिलेसम्मका घट्नाक्रमबारे व्याख्या गर्दै अबको केही दिनसम्म हुने राजनीतिक घट्नाक्रमको विश्लेषण सुनाएका थिए ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको बैठकमा प्रचण्डले आकस्मिक बैठक बस्नुपर्ने कारणबारे सदस्यहरुलाई ब्रिफिङ गरेका थिए ।

बैठकमा आफ्नो संक्षिप्त धारणामात्रै राखेका प्रचण्डले बाँकी विश्लेषणको व्याख्या अर्का अध्यक्ष माधव नेपाललाई आग्रह गरेका थिए । त्यसपछि अर्का अध्यक्ष माधव कुमार नेपाल र नेता नारायणकाजी श्रेष्ठले बदलिँदो वर्तमान राजनीतिक अवस्था, सर्वोच्च अदालतको फैसला, निर्वाचन आयोगले निर्णय गर्न गरेको ढिलाइ र प्रधानमन्त्री केपी ओलीले अझैपनि अवस्था आफ्नो पक्षमा पार्न गरिरहेको षड्यन्त्र र सम्भावित कदमबारे विश्लेषण गरेका थिए ।

यो तरल अवस्थामा एक दिनमा ५ वटासम्म खबर आउँछन् । ती खबरहरु केही आधिकारिक पनि हुन्छन् त केही गलत पनि हुन्छन्,’ समसामयिक घट्नाहरुप्रति सङ्केत गर्दै अध्यक्ष नेपालले बैठकमा विश्लेषण गरेका थिए ।

नीति नेकपा नेता कार्यकर्ताका लागि मात्रै होइन, राज्यका हरेक अंग र निकायसँग यस्तै डिल गरिरहेका छन्,’ अध्यक्ष नेपालको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘आज आन्दोलनको पक्षमा उभिएका मानिसहरु पनि भोलि ओली पक्षमा जाने र फेरि पर्सी यता हामीतिरै फर्कने अवस्था विद्यमान रहेको छ ।’

 

 

प्रतिकृया दिनुहोस्