RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/११/८ गते
६५६ पटक

नेकपा ओली समूहले आज विराटनगरमा शक्ति प्रदर्शन गर्दैछ । चुनावी प्रचारप्रसार तथा आफ्नो पक्षमा जनमत देखाउन ओली समूहले विराटनगरमा शक्ति प्रदर्शन गर्न लागेको हो ।

विराटनगर महानगरपालिका–२ को विराट नर्सिङ होमको मैदानमा आयोजना हुने आमसभालाई प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा बादल, नेता सुवासचन्द्र नेम्वाङ, प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलगायतले सम्बोधन गर्ने भएका छन् ।

आमसभा अघि विराटनगरको कञ्चनबारी, रोडशेष, तीनपैनीलगायतका विभिन्न स्थानबाट ११ बजे र्‍याली निकाल्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्या देवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेसँगै नेकपा दुई चिरामा बाँडिएको थियो ।

प्रतिकृया दिनुहोस्