RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/११/१२ गते
७६४ पटक

पाकिस्तानबाट स्तब्ध पार्ने समाचार बाहिर आएको छ। यहाँ ६० वर्षीय जमीयत उलेमा ए इस्लाम बलूचिस्तानका सांसदमौलाना सलाहउद्दीन अयूबीले एक १४ वर्षीया बालिकासंग विवाह गरेका छन्।

यो घटना केही समय पुरानो हो। पहिले पनि यस घटनामा छलफल भएको थियो तर यो पक्का हुन सकेको थिएन। अब भने एक एनजीओको अपीलमा पुलिसले यस घटनाको बारेमा फेरि अनुसन्धान थालेको छ। बालिकाका बाबुलेले पनि विवाह भएको पुष्टि गरेका छन्।

पाकिस्तानमा महिलाहरूको विवाहको उमेर १६ वर्ष तय गरिएको छ। यदि यो भन्दा सानो उमेरमा विवाह गरिएको छ भने कानुनी रूपमा यो अपराध मानिन्छ र सजाय दिन सकिन्छ। मौलान अयूबी बलूचिस्तानका चित्रालबाट सांसद हुन्। उनले यस विषयमा कुनै प्रतिक्रिया दिएका छैनन्।

उनी मौलाना फजल उर रहमानको पार्टीबाट सांसद पदमा रहेका छन्। रहमान हाल पाकिस्तान लोकतान्त्रिक मोर्चाका नेता हुन्। यो मोर्चाले इम्रान सरकारको बिरूद्ध आन्दोलन चलाइरहेको छ। ‘द डॉन’को रिपोर्ट अनुसार बालिकाको स्कूलले उनको जन्मदर्ताको प्रमाणपत्र दिएको छ। यसमा उनको जन्म मिति २८ अक्टुबर २००६ मा भनिएको छ। यसपछि एक स्थानीय एनजीओले पुलिस उजूरी दर्ता गर्‍यो र अब यस घटनाको अनुसन्धान हुनेछ।

मौलानाको विवाहको घटना गत वर्षको हो। चित्रालका प्रहरी निरीक्षक सज्जाद अहमदले उजुरी पुष्टि गरेका छन्। यद्यपि उनले भनेनन् कि केवल उजूरी दर्ता गरिएको छ वा यस केसमा प्राथमिकी दर्ता गरिएको छ। रिपोर्टका अनुसार पुलिसले केटीको घरमा पुगेर उनका बुबालाई सोधपुछ गरेको छ। उनले पुलिससामु विवाह बारे अस्वीकार गरेका छन्।

प्रहरीको अगाडि युवतीको बुबाले मौलाना र १४ वर्षीया छोरीको बिहे गर्न अस्वीकार गरेका थिए। जब स्थानीय प्रशासनका अन्य अधिकारीहरू यसबारे जानकारी लिन उनको घरमा आइपुगे उनले छोरी १६ वर्ष नपुगुञ्जेल सांसदको घरमा पठाउँदैन भनि आश्वासन दिएका छन्।

एजेन्सी

प्रतिकृया दिनुहोस्