RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/११/१७ गते
१००४ पटक

प्रधानमन्त्री केपी शर्मा ओलीले आफुलाई विधि र प्रक्रियाबाट हटाउन पुष्पकमल दाहाल, प्रचण्ड र माधवकुमार नेपाललाई चुनौति दिनु भएको छ । उहाले पार्टीमा सँगै हुँदा जहिले पनि विधि र प्रक्रियाका कुरा गर्नेहरु आफै भने त्यसबाट विचलित भएको बताउनु भएको हो ।

गण्डकी प्रदेशका कार्यकर्तालाई पोखरामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफु नेकपाको अध्यक्ष, संसदीय दलको नेता र प्रधानमन्त्री भएको बताउनु भयो । ‘म उहाँहरुलाई भन्न चाहान्छु, मलाई हटाउने हो भने आउनुहोस विधि प्रक्रियाबाट हटाउनुहोस्, दलको नेताबाट हटाउने हो भने संसदीय दलको बैठक बोलाइदिन्छु’, उहाले अगाडी भन्नुभयो, ‘हदै भए नेताबाट हटाउने होला, तर ढुक्क रहनुहोस् आउँदो डेढ वर्षमा हामी फेरी दुई तिहाइ मत लिएर फर्किने छौं ।

प्रधानमन्त्री ओलीले केन्द्रीय कमिटी आफूले बनाएको र आवश्यक परेका बेला त्यसमाथि पनि औंला चलाउन सक्ने जानकारी दिनुभयो । ‘देवप्रसाद गुरुङलाई मैले प्रमुख सचेतक बनाएको हुँ, मैले हटाएँ । उहाँहरुले भनेको केन्द्रीय कमिटी पनि मैले बनाएको हुँ । जरुरी परेका बेला अहिलेसम्म औंला चलाएको छैन् है । उहाँहरूको पद केही पनि चलाइदिएको छैन’, उहाको भनाई थियो ।

प्रधानमन्त्री ओलीले पार्टी एकीकरणका लागि आफूले अल्पमत र बहुमत केही पनि नहेरेको बताउदै एकीकरण पश्चात उहाहरुले आफ्नो धन्दा शुरु गरेर पार्टी कब्जा गर्न खोजेको बताउनु भयो । ‘यत्रो हमला भइरहेको छ, देशी विदेशी सक्ति लागिरहेका छन् । तर, पनि पार्टी कार्यकर्तामा अलमल, दुविधा छैन । यो ठीक ढंगले अगाडि बढीरहेको छ, बढ्छ’, उहाले भन्नुभयो ।

प्रतिकृया दिनुहोस्