RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/११/२० गते
५९२ पटक

सरकार र विप्लव नेतृत्वको नेकपाबीच ३ बुँदे सहमति भएको छ ।  उक्त सहमतिमा सरकार र सो समूहबीच राजनीतिक विषयहरुको समाधान संवादको माध्यमबाट गर्ने, विप्लव समूहका सम्पूर्ण राजनीतिक क्रियाकलापहरू शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने र सरकारका

तर्फबाट लगाइएको विप्लव नेतृत्वको प्रतिबन्ध हटाउने, राजनीतिक बन्दीहरुको रिहाइ गर्ने र मुद्दा खारेज गर्ने विषयहरु समेटिएका छन् ।

सहमतिको विस्तृत विवरण शुक्रबार विशेष समारोहका बीच सार्वजनिक गरिने सरकारका तर्फबाट रामबहादुर थापा विप्लव समूहको तर्फबाट प्रवक्ता प्रकाण्डले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।

शुक्रबारको समारोहमा सरकारका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका तर्फबाट महासचिव विप्लवले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

प्रतिकृया दिनुहोस्