RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/११/२० गते
१४८० पटक

काठमाडौं। सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना निर्माण कार्यको आज सिन्धुलीमा शिलान्यास गर्दै उनले प्रदेश २ का मुख्यमन्त्री मोहम्मद लालबहादुर राउतमार्फत् तराई/मधेशमा यस्तो सन्देश पठाएका हुन्।

“केपी ओली मधेशविरोधी भन्थे, केपी ओलीलाई मधेशमा पस्न नदिने भन्थे। केपी ओली नपसे पनि पानी चाहिँ पसाइदिन्छ, खेत चाहिँ भिजाइदिन्छ,” प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा भने, “म मुख्यमन्त्रीज्यूमार्फत् तराई/मधेशमा खबर पठाउन चाहन्छु– केपी ओलीलाई पस्न नदिए पनि हुन्छ, तर पानी पस्न चाहिँ नरोक्नु होला।”

सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाले पहाड र तराईको सम्बन्धलाई जोड्ने काम गरेको उनले बताए। यो आयोजनाले केपी ओली तराई/मधेशविरोधी होइन भन्ने पनि दर्शाउने उनले जनाए।

सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको दुईवटा उद्देश्य रहेको उनले बताए। पहिलो, बारादेखि धनुषासम्मका १२२ हेक्टर जमिन सिचाइँ गर्ने र दोस्रो ३१ मेगावाट विद्युत उत्पादन गर्ने।

“उद्देश्य यति मात्र होइन, धेरै छ। यो आयोजनामार्फत् पानी चुरे क्षेत्र हुँदै बागमतीमा मिसिन्छ र तराई क्षेत्रको जमिनमुनिको पानीको सतहलाई पनि यसले माथि ल्याउँछ, रिचार्ज गर्छ। जमिनको रुखोपनलाई रसिलोपनमा परिणत गर्छ,” प्रधानमन्त्री ओलीले भने।

प्रधानमन्त्री ओलीले भने, “तराईका सबै जिल्लामा सिचाइँ पुर्‍याउँछौं। सिचाइँ प्रबन्ध अनौठो ढंगले गर्दै छौं। एउटा खोलाको पानी अर्को खोलामा मिसाउँछौं, अनि नहरमा लग्छौं।”

फलफुलका बिरुवा रोपेर अब प्रदेश २ लाई हरियाली बनाउन सरकार लागेको उनले सुनाए। यसले वन थपिने र वातावरण जोगिने उनले जनाए।

“हामी अब देशलाई उत्पादनकर्ता र निर्यातकर्ताको रूपमा चिनाउन चाहन्छौं। पाँच वर्षभित्र यसलाई सम्भव बनाउँछौं,” प्रधानमन्त्री ओलीले भने।

प्रतिकृया दिनुहोस्