RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/११/२७ गते
६३५ पटक

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली जनता समाजवादी पार्टी (जसपा) का शीर्ष नेताहरूबीच भेटबार्ता हुने भएको छ ।जसपाका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई, केन्द्रीय परिषदका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवसहित शीर्ष नेताहरूले प्रधानमन्त्री ओलीसँग भेटवार्ता गर्न लागेका हुन् । नेताहरू राजेन्द्र महतो र अशोक राई पनि भेटवार्तामा जानेछन्।

जसपा नेता केशव झाका अनुसार प्रधानमन्त्री ओली र जसपाका शीर्ष नेताहरू आज अपरान्ह ५ बजे बालुवाटारमा भेटघाट गर्ने तय भएका हो।साथै आज बसेको जसपा पदाधिकारी बैठकले शुक्रबार संसदीय दलको बैठक राखेको छ। पार्टी एकीकरणपछि संसदीय दलका नेता चयन गर्न बैठक बोलाइएको हो।

 

प्रतिकृया दिनुहोस्