RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१२/१ गते
६९१ पटक

गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार पछिल्लो ६ सातायता विदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुने नेपालीको संख्या शून्यमा कायम रहेको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार गत वर्षदेखि विश्वव्यापी रूपमा फैलिएकाे कोरोना भाइरस संक्रमणका कारण २१ देशमा रहेका तीन सय ४१ जना नेपालीको निधन भएको थियो ।

गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. सापकोटाका अनुसार यो साता कोरोना संक्रमण दरमा समेत उल्लेख्य रूपमा कमी आएको छ ।

उनका अनुसार हालसम्म ५३ देशमा ६३  हजार तीन सय सातजना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये ६१ हजार दुई सय ३७ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

नेपालमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या दुई लाख ७५ हजार एक सय ७८ जना भने  दुई लाख ७१ हजार दुई सय ४९ जना  कोरोनाबाट मुक्त भएका छन् ।  संक्रमणमुक्त हुने दर ९८ दशमलव ६ प्रतिशत छ ।

खोपका विषयमा हालसम्म पनि विभिन्नखाले भ्रम यथावत् रहेको भन्दै डा. सापकोटाले केही अपवादबाहेक खोप प्रयोगबाट कुनैखाले गम्भीर समस्या नदेखिएकोले खोप प्रयोगका लागि उपयुक्त मानिएका सबैले खोप लगाउनुपर्नेमा जोड दिए।

उनले भने, ‘खोप सुरक्षित छ, तर केही विशेष अवस्थाका मानिस जस्तै जसको प्रतिरक्षा प्रणाली कमजोर छ, जटिल रोग लागेका तथा अन्य जटिल स्वास्थ्य समस्या भएकाले भने चिकित्सकसँग सल्लाह गरेर मात्रै खोप लिन हुने वा नहुने निश्चित गरेर मात्रै प्रयोग गर्नुपर्छ ।

प्रतिकृया दिनुहोस्