RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१२/३ गते
११६३ पटक

काठमाडौं, चैत १ । नेपालका बैंक तथा वित्तीय संस्थाले चैत महिनाका लागि ब्याजदर सार्वजनिक गरेका छन । सार्वजनिक सूचीअनुसार अधिकांश बैंक तथा वित्तीय संस्थाले चैत महिनाको ब्याजदर पूर्ववत कायम राखेका छन् ।

ब्याजदर सार्वजनिक गरेका बैंकहरुले साधारण बच तर्फको ब्याजदरमा कुनै पनि परिवर्तन गरेका छैनन भने मार्जिनप्रतिको कर्जालाई सहयोग गर्ने गरी ब्याजदर कामय गरेका छन । केही बैंकहरुले मुद्दति खाताको ब्याजदर भने केही मात्रामा घटाएका छन् ।

पछिल्लो समय मुद्रा बजारमा तरलता अभाव सुरु भएको भन्दै ब्याजदर बढ्न सक्ने अनुमान गरिएको थियो । ब्याजदर बढ्ने अनुमानका कारण ३५ दिनदेखि करेक्सन भइरहेको सेयर बजारलाई चैत महिनाको ब्याजदरले राहतको महसुस गराएको लगानीकर्ता बताउँछन् ।

स्टाण्डर्ड चाटर्ड

स्टाण्डर्ड चाटर्ड बैंकले चैत महिनाको ब्याजदर सार्वजनिक गर्दै पुस महिनाकै आधार दर ६.०७ प्रतिशत कायम गर्ने भएको छ । मुद्धतितर्फ परिपक्व हुने समयका आधारमा ४.५ प्रतिशतदेखि ६ प्रतिशतसम्म ब्याजदर कायम गरेपनि पनि बैंकले साधारण बचततर्फ २ देखि ४ प्रतिशतसम्म ब्याजदर दिने भएको छ ।

हिमालयन बैंक

हिमालयन बैंकले चैत महिनाका लागि मुद्दतितर्फको ब्याजदर घटाएको छ । बैंकले ४ प्रतिशतदेखि ७ प्रतिशतसम्मको रहेको बैंकको मुद्दति खाताको ब्याजदरलाई ३.५ देखि ६.५ प्रतिशत झारेको छ । अन्य बैंकले यस्तो खातामा ३ देखि ६ प्रतिशतको हाराहारीमा ब्याज दिइरहेका छन् । हिमालयन बैंकले पुस महिनाकै आधार दर ६.८३ प्रतिशतलाई नै निरन्तरता दिएको छ ।

एभरेष्ट बैंक

एभरेष्ट बैंकले पनि मंसिर महिनाकै आधारदर ५.५२ प्रतिशतलाई चैत महिनामा निरन्तरता दिने भएको छ । साधारण बचतमा २ देखि ४ प्रतिशतसम्म ब्याजदर दिइरहेको यस बैंकले मुद्दति खातामा समयका आधारमा ४.७५ प्रतिशतदेखि ६.७५ प्रतिशत ब्याज दिइरहेको छ ।

सेन्चुरी बैक

सेन्चुरी बैकले पनि माघ महिनाको आधार दर ७.८९ प्रतिशतलाई निरन्तरता दिएको छ । उसले साधारण निक्षेपतर्फ २.७५ प्रतिशतदेखि ४.७५ प्रतिशतसम्म ब्याज दिइरहेको छ । त्यस्तै बैंकले मुद्दतितर्फ ५.५० देखि ७.५० सम्म ब्याजदर दिने शर्तलाई निरन्तरता दिएको छ ।

एसविआई बैंक

एसविआई बैंकले पनि पुस महिनाको आधारदर ७.३१ प्रतिशतलाई निरन्तरता दिएको छ । बैंकले संस्थागत रुपमा प्रवाह गर्ने कर्जामा ३ प्रतिशतदेखि ६.५ प्रतिशत ब्याजदरमा उपलव्ध गराउने भएको छ भने व्यक्तिगत मुद्दति कर्जामा ३ देखि ७ प्रतिशतसम्म समयअवधिका आधारमा ब्याजदर दिने भएको छ । साधारण बचतमा भने बैंकले २ देखि ३.१६ प्रतिशतको ब्याजदरले निरन्तरता पाएको छ ।

 

प्रतिकृया दिनुहोस्