RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१२/५ गते
४७१ पटक

काठमाडौं ।   भेलाको समापनपछि आयोजित पत्रकार सम्मेलनमा पारित प्रस्तावहरू पढेर सुनाइएको थियो । भेलाले सर्वोच्च अदालतले फागुन २८ गते अध्यक्ष केपी ओलीले एकतर्फी गरेका निर्णयको भर्त्सना गर्दै पार्टी एकताको पक्षमा सवै नेता कार्यकर्ताहरूलाई उभिन आग्रह गरेको छ । त्यस्तै भेलाले ओलीका तर्फबाट भएका कथित सवै निर्णय रद्द गरेको छ ।

पत्रकार सम्मेलनमा पार्टी केन्द्रीय प्रचार विभाग प्रमुख योगेश भट्टराईले नवौं राष्ट्रिय महाधिवेशनले पास गरेको कार्यक्रम जनताको बहुदलीय जनवादको मर्म र भावनालाई रक्षा गर्दै समाजवादको दिशामा अघि बढ्ने कुरालाई पुनर्पुष्टि गरेपनि अध्यक्ष ओलीले त्यसलाई पक्रन नसकेको बताए ।

राष्ट्रिय स्वाधिनता र लोकतान्त्रिक गणतन्त्रको पक्षमा रहेकाहरूसँग सहकार्य गर्दै अघि बढ्न भेलाले आग्रह गर्दै केपी अ‍ोलीले गुटबन्दीका विरुद्ध लड्न एमालेका नेता कार्यकर्ताहरूलाई आग्रह पनि गरेको छ ।

ओली पक्षबाट पार्टीका नेता कार्यकर्तालाई धम्क्याउने प्रयास भएकोमा त्यसको भर्त्सना गर्दै नेकपाले स्थापनाकालदेखि नै राष्ट्रिय स्वाधिनताको पक्षमा रहेको भन्दै नेपालको भौगोलिक अखण्डतामा आँच आउन नदिन सरोकारवालाको ध्यानाकर्षण गराएको छ ।

प्रतिकृया दिनुहोस्