रारान्यूज संवाददाता प्रकाशित : २०७७/१२/६ गते
४४५ पटक
फ्रान्समा कोरोना भाइरसको ‘तेस्रो लहर’ का कारण राजधानी पेरिसमा फेरि एक महिना लकडाउन गरिएको छ। पेरिससँगै देशका अन्य १५ शहरमा पनि शुक्रबार मध्यरातबाट लकडाउन सुरु गर्ने भएको हो।
फ्रान्सका प्रधानमन्त्री जीन कैस्टेक्सले याे लकडाउन पहिलेको जस्तो कडा नहुने बताएका छन्। फ्रान्समा गत २४ घन्टामा थप ३५ हजार मानिसलाई कोरोना भाइरसको संक्रमण देखिएको छ।
प्रधानमन्त्री कैस्टेक्सले देशमा कोरोना भाइरसको ‘तेस्रो लहर’ तीव्र गतिमा फैलने सक्ने बताएका छन्।
एजेन्सी