RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१२/७ गते
४७८ पटक

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारी नेपाल वायुसेवा निगमको न्यारोबडी विमान चार्टर गरेर बंगलादेशको दुई दिने राजकीय भम्रणमा जाने भएकी छन् ।

एजेन्सीस्रोतका अनुसार, निगमसँग भएका दुइटा न्यारोबडी विमानमध्ये एउटा (नेपाली नाम लुम्बिनी) ले सोमबार बिहान पौने ९ बजेतिर काठमाडौंबाट राष्ट्रपती भण्डारीसहित ३९ जनालाई ढाका पुर्‍याउने छ भने अर्को दिन (मंगलबार) नेपाली नाम सगरमाथा भएको न्यारोबडी विमान काठमाडौंबाट ढाका गएर ल्याएर आउने छ ।

निगमले यो उडानलाई भीभीआईपी चार्टर उडान ००१ भनेको छ ।

निगमका एक अधिकारीका अनुसार, चार्टर उडानको खर्च परराष्ट्र मन्त्रालयमार्फत भुक्तानी हुने छ । निगमले यो चार्टर उडानको प्रतिघन्टा ७ हजार ७ सय १० डलर (करिब ९ लाख) रुपैयाँका दरले रकम लिने छ । ‘काठमाडौंदेखि ढाका करिब ५० मिनेट लामो हवाई दुरी भएकाले निगमले करिब २० लाख रुपैयाँ हाराहारी बराबरको चार्टरबाट भाडा पाउने छ,’

ती अधिकारीले भने, ‘पहिलो दिन जहाज राष्ट्रपतिसहितलाई ढाका छाडेर रित्तै फर्किने छ भने दोस्रो दिन काठमाडौंबाट रित्तै गएर ढाकाबाट राष्ट्रपतिसहितको भम्रण टोलीमा रहेका ४९ जना नेपालीलाई ल्याएर आउने कार्यक्रम तोकिएको छ ।’ फर्किने उडानमा राष्ट्रपतिको उडान हुनुअघि नै बंगलादेश पुगेका राष्ट्रपति कार्यालयका कर्मचारी थपिने छन् ।

बंगलादेशको चार्टर भाडा भन्दा महँगो ग्राउन्ड ह्याण्डलिङ भएपछि निगमले परराष्ट्र मन्त्रालयमार्फत मिनाहाका लागि अनुरोध गरेको छ । ‘ढाकामा हाम्रो विमानको ग्राउन्ड ह्याण्डलिङ गरेको शुल्क ३० हजार डलर (करिब ३५ लाख हाराहारी) लाग्ने एजेन्सीमार्फत जानकारी भयो,’ स्रोतले भन्यो, ‘ग्राउन्ड ह्याण्डलिङको रकम मिनाहाका लागि अनुरोध गरिएको छ यदि मिनाहा नगरिए उक्त बिल परराष्ट्र मन्त्रालयले भुक्तानी गरिदिने छ ।’

बंगलादेशको स्वतन्त्रताको स्वर्ण जयन्ती तथा बंगलादेशका संस्थापक शेख मुजिबर रहमानको शतवार्षिकी कार्यक्रममा राष्ट्रपति भण्डारी समकक्षी मोहम्मद अबदुल हमिदको निम्तोमा ढाका जान लागेकी हुन् । उनीसँगै परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, पर्यटन, परराष्ट्र, वाणिज्य मन्त्रालयका सचिव, राष्ट्रपति भण्डारीकी छोरी उषा र नातिनीसहित ३९ जना नेपाली यो भम्रणमा सहभागी हुने निगम स्रोतले जनाएको छ ।

यो उडानमा निगमको १६ जनाको टोली छ । भीभीआईपी उडान भएकाले तीन जना क्याप्टेन, चार जना इन्जिनियर, ६ जना विमान परिचारिका, लोडमास्टर, डिस्प्याचर र निगमका महाप्रबन्धक डिमप्रसाद पौडेल छन् ।

कान्तिपुर दैनिकबाट……….

प्रतिकृया दिनुहोस्