RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१२/१० गते
९७७ पटक

सरकारले आगामी आर्थिक वर्षका लागि गहुँको समर्थन मूल्य निर्धारण गरेको छ । हालै बसेको मन्त्रिपरिषद् निर्णयले आर्थिक वर्ष ०७८-०७९ का लागि प्रतिक्विन्टल ३ हजार १ सय ११ रुपैयाँ मूल्य निर्धारण गरेको हो ।

गत वर्ष सरकारले गहुँको समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार १५ रुपैयाँ तोकेको थियो । यो वर्ष अघिल्लो वर्षको तुलनामा प्रतिक्विन्टल ९६ रुपैयाँ बढेको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सिफारिसमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले मन्त्रिपरिषद्मा गहुँको समर्थन मूल्य तोक्नका लागि प्रस्ताव पेश गरेको थियो । सरकारले गत वर्षदेखि गहुँ र धानको समर्थन मूल्य निर्धारण गर्दै आएको छ । नेपालमा वार्षिक करिब २० लाख टन गहुँ उत्पादन हुने गर्छ

कारोबार दैनिकबाट…..

प्रतिकृया दिनुहोस्