RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१२/१० गते
१३८० पटक

काठमाडौं । नेपाल पत्रकार महासंघको निर्वाचनका लागि प्रारम्भिक मतदाता नामावली प्रकाशन गरेको छ ।

पत्रकार महासंघको केन्द्रीय निर्वाचन समितिले मतदाताको नामावली सार्वजनिक गरेको हो । प्रकाशित मतदाता नामावलीमा दाबी विरोध गर्ने समयावधि चैत १० गते साँझ ५ बजेसम्मका लागि तोकेको छ ।

निर्वाचन चैत २५ गते हुँदैछ । महासङ्घको संशोधित विधानअनुसार यसपटक सबै साधारण सदस्यले जिल्ला, प्रदेश र केन्द्रका सबै पदाधिकारी एवं सदस्यका लागि मतदान गर्न पाउनेछन् । मतदान आफू सदस्य रहेको शाखामै गर्न पाइने जनाइएको छ ।

 

प्रतिकृया दिनुहोस्