RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१२/१२ गते
५५७ पटक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले कोभिड–१९ को संक्रमण नकारात्मकतातिर जाने लक्षण देखिएको भन्दै भयावह हुन नदिन ध्यान दिनुपर्ने बताए ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्रबाट प्रकाशित नेपालमा कोभिड–१९ महामारी र प्रतिकार्य प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रममा प्रधानमन्त्री ओलीले अहिले भयावहको स्थिति नभए पनि ध्यान दिन भने जरुरी रहेको बताए ।

‘तीन दिनदेखि लक्षण फेरि नकारात्मकतातिर जान खोज्या हो कि, यद्यपि स्थिति भयावह छैन तर भयावह हुन नपाओस् भनेर हुनुभन्दा अगाडि नै हामीले ध्यान दिनुपर्दछ,’ उनले भने ।

कोरोनाको पूर्णरूपमा नियनत्रण नहुन्जेलसम्म सामाजिक दूरी कायम राख्नुपर्ने बताउँदै उनले खोप लगाएर कोभिड–१९ को संक्रमण निर्मूल पार्न सजिलो नभएको जनाएका छन् ।

प्रधानमन्त्री ओलीले अन्य देशका तुलनामा नेपालमा कोभिड–१९ संक्रमणको असर कम परेको भन्दै उनले संक्रमण बढ्न नदिन स्वास्थ्य मन्त्रालयको निर्देशन मान्नुपर्ने बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तहमा पुँजीगत खर्च गर्ने क्षमता नबढेको बताएका छन् । उनले पुँजीगत खर्च गर्ने क्षमताको कमी हुनु राष्ट्रिय कमजोरीका रूपमा रहेको बताउँदै सबै पक्षले पुँजीगत खर्चको क्षमता बढाउनुपर्ने आवश्यकता आंैल्याए ।

नेपाल नगरपालिका संघको २८औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले स्थानीय तहले कुल बजेटको ७० प्रतिशत बजेट माग गर्नु उपयुक्त नहुने बताएका छन् । पुँजीगत खर्च गर्ने क्षमता भएकाले पनि खर्च गर्न नसकेको अवस्थामा क्षमता नभएको ठाउँमा धेरै बजेट दिँदा खर्च कम देखिएको उनको भनाइ छ ।

उनले क्षमता भएको ठाउँमा पुँजीगत खर्च नभएर बेहाल भएको भन्दै क्षमता नभएका ठाउँमा पुँजीगत खर्च झन् गाह्रो हुने बताएका छन् । प्रधानमन्त्री ओलीले मेलम्चीको पानी १५ चैतदेखि काठमाडौंमा वितरण सुरु हुने र दुई वर्षभित्रै थानकोट नौबिसे सुरुङ निर्माण पूरा गर्ने जनाउँदै सरकारले पर्याप्त काम गरेको जानकारी दिए ।

उनले सरकारले सडक बालबालिका र सडक मानवमुक्त बनाएको दाबीसमेत गरेका छन् । ‘सडक बालबालिका खाते भनेर हिंडिरहेका थिए नि अहिले देख्नुहुन्छ ?’ उनले भने ‘मान्छेका बच्चा कुकुरसँग लडेर कुकुरसँग मिलेर सुत्थे, तपाईं हामीले सडकभरि देखेको होइन, अहिले कहाँ छन् ? किनभने ती बालबालिकालाई हेर्ने सरकार छ ।’

प्रधानमन्त्री ओलीले आफूहरूको प्रयासले सामाजिक क्षेत्रमा नेपाल विकसित देशभन्दा पनि माथि पुगेको बताएका छन् । नेपालको संसद्मा ३३ प्रतिशत र कुल जनप्रतिनिधिमध्ये ४१ प्रतिशत महिला रहेको भन्दै उनले यसलाई ५० प्रतिशत पु¥याउने उनको भनाइ छ ।

राजधानी दैनिकबाट……….

प्रतिकृया दिनुहोस्