RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१२/१७ गते
५८० पटक

काठमाडौँ — चीनले कोरोना भाइरस विरुद्धको खोपको ८ लाख डोज प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार आयोजित कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत हउ यान्छीले नेपाललाई उपलब्ध गराएको खोपसम्बन्धि दस्ताबेज प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गरेकी हुन् ।

चीनले सहयोगस्वरुप दिएको ८ लाख डोज कोरोना खोप सोमबार मात्रै काठमाडौं आइपुगेको थियो ।कोरोना खोप हस्तान्तरण कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाल र चीनबीचको मैत्री सम्बन्ध खोपको सहयोगले थप मजबुद बनाएको बताएका छन् ।

चीनले दिएको ८ लाख डोज कोरोना खोप आइपुग्यो
ओलीले भारत र चीन दुवै छिमेकी मुलुकबाट नेपाललाई खोपको सहयोग भएको बताएका थिए । त्यस्तै, थप कोरोना खोप खरिदका लागि सरकारले तयारी अगाडि बढाएको पनि जानकारी दिएका छन् ।

खोप हस्तान्तरण कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत हउ यान्छीले राष्ट्रपति सी चिनफिङको ‘भ्याक्सिनलाई विश्वव्यापी सार्वजनिक सम्पत्ति बनाउने प्रतिबद्धता’को कार्यान्वयन भएको बताएकी थिइन् । उनले नेपाल र चीनबीच जनताको स्वास्थ्यप्रतिको प्रतिबद्धताको प्रतिकसमेत खोप हस्तान्तरण कार्यक्रम रहेको धारणा राखेकी थिइन् ।

प्रतिकृया दिनुहोस्