RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१२/१७ गते
१४१५ पटक

काठमाडौं, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सातै प्रदेशमा कोरोना संक्रमितको उपचारका लागि आइसोलेसन कक्ष स्थापना गर्न निर्देशन दिएको छ । मन्त्रालयले आज सातओटै प्रदेशलाई आइसोलेशन कक्ष स्थापना गर्न निर्देशन दिएको हो ।

भारतीय सीमा नाकामा हेल्थ डेस्कमा परीक्षण गरेर कोरोना पोजेटिभ देखाएकाहरु पनि सार्वजनिक बसमा आवतजावत गरिरहेको तथ्य भेटिएको जनाउँदै स्वास्थ्य मन्त्रालयले सातै प्रदेशलाई आइसोलेसन स्थापना गर्न निर्देशन दिएको हो ।

‘हाल कोभिड–१९ को संक्रमण छिमेकी मुलुकहरुमा बढिरहेको सन्दर्भमा सबै नाकास्थित हेल्थ डेस्कहरुमा परीक्षणको व्यवस्था गरिएको र कोभिड–१९ को रिपोर्ट पोजेटिभ आएकाहरु सार्वजनिक बसहरुद्वारा नै यात्रा गरिरहेको भन्ने खबर आएकोमा सबै प्रदेश सरकारले सामाजिक

विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय, स्वास्थ्य कार्यालयहरुको समन्वयमा कोभिड–१९ को चिह्न र लक्षण भएकाहरुको अस्पतालहरुमा र लक्षण नभएकाहरुको आइसोलेसन सेन्टरको व्यवस्था गरी १० दिन अनिवार्य आइसोलेसन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुरोध गर्दछ,’ स्वास्थ्य मन्त्रालयले बिज्ञप्ती जारी गर्दै भनेको छ ।

मन्त्रालयले आइलोसनको खर्च प्रतिविरामी दुई हजार समेत उपलब्ध गराउने जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस्