RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/१/७ गते
८६० पटक

चितवनको माडी अयोध्यापुरीमा राखिने भगवान राम र सीताको मूर्तिलाई प्रधानमन्त्री निवास बालुवाटारमा अनुष्ठान गरेर पठाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र राधिका शाक्यले ती मूर्ति चितवन लैजानु पहिले पूजाआजा गर्नुभएको थियो ।

भगवान राम र सीताको मूर्ति रथयात्रासहित चितवनको माडी अयोध्यापुरी पठाइएको छ । सो रथयात्रा साँझसम्म चितवन पुग्नेछन् । बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले राम तथा सीताको मूर्ति पूजा गरेर रथयात्रा सहित चितवनस्थित अयोध्यापुरीतर्फ पठाइएको हो ।रामनवमीको दिन अयोध्यापुरीमा मूर्ति प्रतिस्थापन गर्ने प्रधानमन्त्री ओलीले यसअघि नै घोषणा गर्नुभएको थियो । भक्तपुरका कालीगढहरूले राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति बनाएका हुन् ।

मूर्ति केही समयदेखि प्रधानमन्त्री निवास बालुवाटारको प्रांगणमा राखिएको थियो । बालुवाटारमा मंगलवार आयोजित कार्यक्रममा साधुसन्त र पूजारीहरू समेत उपस्थित थिए । भानु जयन्तिको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भगवान रामको जन्मभूमि चितवनको अयोध्यापुरी भएको बताउँदै अयोध्यापुरीलाई धार्मिक स्थलको रूपमा विकास गर्ने बताउनु भएको थियो ।

प्रतिकृया दिनुहोस्