RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/१/७ गते
८७८ पटक

काठमाडौं,  नेपाल टी ट्वान्टी क्रिकेटको विश्व वरीयतामा एक स्थान माथि उक्लिएको छ । टी ट्वान्टी त्रिकोणात्मक शृङ्खलाकाे पहिलो खेलमा नेपालले नेदरल्याण्ड्समाथि जित हात पारेको भोलिपल्ट सोमबार अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आईसीसी)ले जारी गरेको नयाँ वरीयतामा नेपालमाथि उक्लेको हो ।

आईसीसीको नयाँ वरीयताक्रममा नेपाल १४ औं स्थानमा छ । यसअघि नेपाल १५ औं स्थानमा थियो । नेपालसँग हार बेहोरेको नेदरल्याण्ड्सको वरीयतामा कुनै फरक परेको छैन् । नयाँ वरीयतामा समेत ऊ १७ औं स्थानमा नै छ । नेपालले नयाँ वरीयतामा स्कटल्याण्डलाई उछिनेको हो ।

यसअघि १४ औं स्थानमा रहेको पपुवान्यूगिनी १६ औं स्थानमा पुगेको हो । त्रिकोणात्मक श्रृखंला खेल्नुअघि ३१ औं स्थानमा रहेको मलेसिया भने ३१ औं स्थानमा यथावत छ ।

नयाँ वरीयतामा इंग्ल्याण्ड शीर्ष स्थानमा यथावत् छ । दोस्रो स्थानमा भारत र तेस्रो स्थानमा अष्ट्रेलिया छ । पाकिस्तान, न्युजिल्याण्ड र दक्षिण अफ्रिका भने चौथो, पाँचौं र छैटाैं स्थानमा छ ।

अफगानिस्तान भने टेष्ट मान्यता प्राप्त वेष्टइन्डिज, श्रीलङ्का र बङ्गलादेशभन्दा माथि सातौं स्थानमा छ । आयरल्याण्ड ११ औं, जिम्बाबवे १२ औं र यूएई १३ औं स्थानमा छ ।

प्रतिकृया दिनुहोस्