RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/१/२४ गते
१०७२ पटक

काठमाडौं । गृहमन्त्रीसमेत रहेका एमाले स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’ले सत्तारुढ दल एमालेबाट राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

बादल शुक्रवार नै होलिकोप्टरमार्फत हेटौंडा पुगेर आगामी जेठ ६ गते हुने राष्ट्रिय सभा उपनिर्वाचनको लागि उम्मेदवारी दर्ता गराएका हुन् ।

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेल बादलको प्रस्तावक बनेका छन् भने सामाजिक विकासमन्त्री सरस्वती बस्नेत समर्थक बनेकी छन् । बागमती प्रदेशबाट ०७४ फागुनमा भएको राष्ट्रिय सभा निर्वाचनमा तत्कालीन माओवादी केन्द्रको उम्मेदवार बनेर एमालेको समर्थनमा जितेका बादल सर्वोच्चको फैसलापछि पुनःस्थापित एमालेमा प्रवेश गरेका थिए ।

बादलविरुद्ध विपक्षी एमालेकै खिमलाल देवकोटाले चुनाव लड्दैछन् । देवकोटा कांग्रेस, माओवादी भट्टराई–यादव पक्षीय जसपा र विपक्षी एमालेको तर्फबाट उम्मेदवार बनेका हुन् ।

प्रतिकृया दिनुहोस्