RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/१/२५ गते
२९७२ पटक

काठमाडौं,  विश्व स्वास्थ्य संगठन(डब्ल्युएचओ)ले चिनियाँ खोप सिनोफार्मलाई कोभिड १९ बिरुद्ध आपातकालीन प्रयोगको अनुमति दिएको छ । पश्चिमा राष्ट्र बाहेक विश्व स्वास्थ्य संगठनले प्रयोगको अनुमति दिएको यो पहिलो खोप हो । उक्त खोपको प्रयोग चीनसँगै विश्वका अन्य राष्ट्रमा दशौं लाखले लगाइसकेका छन् ।

विश्व स्वास्थ्य संगठनले यसअघि फाइजर, आष्ट्रा जेनेका, जोनसन एण्ड जोनसन र मोर्डनाको खोपलाई कोभिड १९ बिरुद्ध प्रयोगको अनुमति दिएको थियो । तर अफ्रिका, ल्याटिन अमेरिका र एशियासहित विपन्न राष्ट्रका स्वास्थ्य नियमनकारी निकायले सिनोफार्मको आपातकालीन प्रयोगको अनुमति यसअघि नै दिइसकेको छ ।

यसअघि प्रभाबकारिताको तथ्याङ्क थोरै मात्रामा उपलब्ध गराइदा चिनियाँ खोपबारे थुप्रै अनिश्चिता उब्जिएको थियो । बीबीसीका अनुसार विश्व स्वास्थ्य संगठनले शुक्रबार अबेर चिनियाँ खोप सिनोफार्म ‘सुरक्षित, प्रभाबकारी र गुणात्मक’ रहेको निस्कर्ष निकालेको छ । उसले सिनोफार्म खोप १८ वर्षभन्दा माथि उमेरका ब्यक्तिलाई दुई डोजमा लगाइने बताएको छ ।

त्यसैगरी, विश्व स्वास्थ्य संगठनले चीनले नै उत्पादन गरेको सिनोभ्याक खोपको समेत मूल्याङ्कन गर्दैछ । रुसी खोप स्पुतनिकको समेत मूल्याङ्क भइरहेको छ । विभिन्न प्रतिवेदनका आधारमा चिनियाँ खोप सिनोफार्म हालसम्म छ करोड पचास लाख ब्यक्तिमा लगाइसकिएको छ । चीनबाहेक उक्त खोप पाकिस्तान, यूएई र हंगेरीले समेत प्रयोगमा ल्याएको छ ।

विश्व स्वास्थ्य संगठनले लक्षण भएका र अस्पतालमा भर्ना भएका कोभिड १९ को बिरामीमा खोपको प्रभाबकारिता ७९ प्रतिशत रहेको जनाएको छ ।

गोरखापत्र दैनिक……..

प्रतिकृया दिनुहोस्