RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/१/२७ गते
११७९ पटक

कोरोनाभाइरस (कोभिड१९)को नयाँ भेरियन्टको सङ्क्रमण दर बढ्दो छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अहिलेसम्म कोरोनाको नयाँ भेरियन्टको सङ्क्रमण ७७ वटै जिल्लामा फैलिसकेको जनाएको छ ।

शनिबारसम्म नेपालमा कुल सङ्क्रमितको सङ्ख्या तीन लाख ८५ हजार ८९० पुगेको छ भने तीन हजार ६३२ जनाको मृत्यु भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै अहिलेसम्म दुई लाख ९८ हजार ७६५ जना सङ्क्रमण मुक्त भएका छन् । साथै ८३ हजार ४९३ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

कुन जिल्लामा कति सङ्क्रमित
स्वास्थ्य मन्त्रालयका अनुसार मनाङ, मुगु, मुस्ताङ, हुम्ला र डोल्पामा सबैभन्दा कम सङ्क्रमित रहेको छ । सबैभन्दा कम सङ्क्रमित मनाङमा रहेको स्वास्थ्य मन्त्रालयद्वारा जारी तथ्याङ्कमा उल्लेख छ । मनाङमा १३ जना महिला र ८ जना पुरुष गरी जम्मा २१ जना सङ्क्रमित भएका छन् ।

त्यस्तै मुगुमा जम्मा सङ्क्रमितको सङ्ख्या ५० रहेको छ । जसमा चार जना महिला र ४६ जना पुरुष रहेको छ ।मुस्ताङमा ५५ जना सङ्क्रमितमध्ये २० जना महिला र ३५ जना पुरुष रहेका छन् । त्यस्तै हुम्लामा ६४ जना सङ्मित रहेका छन् । जसमध्ये १६ जना महिला र ४८ जना पुरुष रहेका छन् ।

डोल्पामा ६९ जना सङ्क्रमित रहेको स्वास्थ्य मन्न्त्रालयका तथ्याङ्कले देखाएको छ । जसमा १७ जना महिला र ५२ जना पुरुष रहेका छन् ।
यसैगरी सबैभन्दा धेरै सङ्क्रमितको सङ्ख्या काठमाडौं जिल्लामा रहेको छ । काठमाडौं जिल्लामा एक लाख ४१ हजार ९५१ सङ्क्रमित रहेका छन् । जसमा ५६ हजार ३९९ महिला र ८५ हजार ५५२ पुरुष रहेका छन् ।

त्यस्तै ललितपुरमा जम्मा सङ्क्रमितको सङ्ख्या २३ हजार ७१५ रहेको छ । जसमध्ये महिलाको सङ्ख्या दश हजार ७३३ रहेको छ भने पुरुषको सङ्ख्या १२ हजार ९८२ रहेको छ ।भक्तपुरमा १३ हजार ६०७ जना सङ्क्रमित भएका छन् । जसमध्ये ६ हजार ११० जना महिला रहेका छन् भने ७ हजार ४९७ जना पुरुष रहेको स्वास्थ्य मन्त्रालयलको तथ्याङ्कले जनाएको छ ।

यसैगरी खोटाङमा २९१ जना सङ्क्रमित भएका छन् । जसमा महिला ८४ जना र पुरुष २०७ जना रहेका छन् । धनकुटामा १२८ जना महिला र २५३ जना पुरुष गरी ३८१ जना कोरोनाको नयाँ भेरियन्टबाट सङ्क्रमित भएका छन् ।

तनहुँमा दुई हजार २८६ जना सङ्क्रमित भएका छन् । जसमध्ये ७२८ जना महिला छन् भन् १५ सय ५८ जना पुरुष रहेका छन् । इलाममा १९३ जना महिला र ३९० जना पुरुष गरी ५८३ जना व्यक्ति सङ्क्रमित भएका छन् ।

लमजुङमा १३ सय ६६ जना सङ्क्रमित भएका छन् । जसमध्ये महिलाको सङ्ख्या ४२७ र पुरुषको सङ्ख्या ९३९ जना रहेको छ । त्यस्तै गुल्मीमा जम्मा सङ्क्रमितको सङ्ख्या १५८८ रहेको छ । जसमध्ये महिलाको सङ्ख्या ४३३ र पुरुषको सङ्ख्या ११५५ जना रहेको छ ।
जुम्लामा १६० महिला र ४२३ पुरुष गरी जम्मा सङ्क्रमितको सङ्ख्या ५८३ रहेको छ ।

कैलालीमा ८ हजार २८६ जना सङ्क्रमित भएका छन् । जसमध्ये दुई हजार ५३० जना महिला र पाँच हजार ७५६ जना पुरुष रहेका छन् । स्याङ्जामा १५ सय ६७ जना सङ्क्रमित भएका छन् । जसमा ३९१ जना महिला र ११ सय ७६ जना पुरुष रहेका छन् ।
डोटीमा ४९२ जना महिला र १२ सय ७५ जना पुरुष गरी जम्मा सङ्क्रमितको सङ्ख्या १७ सय ६७ रहेको छ ।

बाग्लुङमा १६ सय ५१ जना सङ्क्रमित भएका छन् । जसमध्ये ४५५ जना महिला र ११ सय ९६ जना पुरुष रहेका छन् । त्यस्तै सुनसरीमा १० हजार ५११ जना सङ्क्रमित भएका छन् । जसमध्ये चार हजार ७१ जना महिला र ६ हजार ४४० जना पुरुष रहेका छन् । तेह्रथुममा १८६ जना सङ्क्रमित भएका छन् । जसमा ६० जना महिला र १२६ जना पुरुष रहेका छन् ।

दोलखामा ९९८ जना सङ्क्रमित भएका छन् । जसमध्ये ३२६ जना महिला र ६७२ जना पुरुष रहेका छन् । महोत्तरीमा ४६७ जना महिला र २१ सय २६ पुरुष गरी जम्मा २५ सय ९३ जना सङ्क्रमित भएका छन् । कास्कीमा चार हजार ८३४ महिला र सात हजार ३५४ जना पुरुष गरी जम्मा सङ्क्रमितको सङ्ख्या १२ हजार १८८ रहेको छ ।

उदयपुरमा सङ्क्रमितको सङ्ख्या ७९६ रहेको छ । जसमध्ये २५७ जना महिला र ५३९ जना पुरुष रहेका छन् । रौतहटमा सङ्क्रमितको सङ्ख्या तीन हजार २८४ रहेको छ । जसमा महिलाको सङ्ख्या ४३३ र पुरुषको सङ्ख्या दुई हजार ८५१ रहेको छ । संखुवासभामा ९९ जना महिला र ४०५ जना पुरुषा गरी कुल सङ्क्रमितको सङ्ख्या ५०४ रहेको स्वास्थ्य मन्त्रालयलको तथ्याङ्कले जनाएको छ ।

सोलुखुम्बुमा २७१ जना सङ्क्रमित रहेका छन् । जसमा ८२ जना महिला र १८९ जना पुरुष रहेका छन् । सल्यानमा ८९१ जना सङ्क्रमित रहेका छन् । जसमा १८२ जना महिला र ७०९ जना पुरुष रहेका छन् । ताप्लेजुङमा २७६ जना सङ्क्रमित रहेका छन् । जसमा ८९ जना महिला र १८७ जना पुरुष रहेका छन् ।

धनुषामा चार हजार ४५० जना सङ्क्रमित रहेका छन् । जसमध्ये महिलाको सङ्ख्या ९५३ र पुरुषको सङ्ख्या तीन हजार ४९७ रहेको छ । पर्सामा एक हजार ४८१ जना महिला र चार हजार ३१० जना पुरुष गरी पाँच हजार ७९१ जना व्यक्ति सङ्क्रमित भएका छन् । नवलपरासी पूर्वमा तीन हजार ६७२ जना सङ्क्रमित भएका छन् ।

जसमध्ये एक हजार २९२ जना महिला र दुई हजार ३८० जना पुरुष रहेका छन् । अछाममा ४४८ जना महिला र एक हजार ५९३ जना पुरुष गरी दुई हजार ४१ जना सङ्क्रमित भएका छन् । सिन्धुलीमा ३४१ जना महिला र ७२८ जना पुरुष गरी जम्मा एक हजार ६९ जना सङ्क्रमित भएका छन् । चितवनमा ११ सय ५६ जना सङ्क्रमित भएका छन् ।

जसमध्ये महिलाको सङ्ख्या चार हजार ६०७ र पुरुषको सङ्ख्य छ हजार ४४९ रहेको छ । पर्वतमा १९७ जना महिला र ५४८ जना पुरुष गरी जम्मा ७४५ जना कोरोनाको नयाँ भेरियन्टबाट सङ्क्रमित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै सिन्धुपाल्चोकमा एक हजार ४४२ जना सङ्क्रमित भएका छन् । जसमध्ये ४४४ जना महिला र ९९८ जना पुरुष रहेका छन् ।

कपिलवस्तुमा तीन हजार १२ जना सङ्क्रमित भएका छन् । जसमध्ये ७९४ जना महिला र दुई हजार २१८ जना पुरुष रहेका छन् । सुर्खेतमा एक हजार ८६१ जना महिला र तीन हजार ३२४ जना पुरुष गरी पाँच हजार १८५ जना व्यक्ति सङ्क्रमित भएका छन् । नुवाकोटमा दुई हजार २७० जना सङ्क्रमित भएका छन् । जसमध्ये ७५५ जना महिला र १५ सय १५ पुरुष रहेका छन् ।

अर्घखाचीमा १५ सय १९ जना सङ्क्रमित भएका छन् । जसमा ३६७ जना महिला र ११ सय ५२ जना पुरुष रहेका छन् । पाल्पामा तीन हजार ३३६ जना सङ्क्रमित भएका छन् । जसमा एक हजार ८० जना महिला र दुई हजार २५६ जना पुरुष रहेका छन् । कालिकोटमा ९३ जना महिलार २७५ जना पुरुष गरी जम्मा ३६८ जना सङ्क्रमित भएका छन् । धादिङमा दुई हजार ५१२ जना सङ्क्रमित भएका छन् । जसमध्ये महिलाको सङ्ख्या ८४० र पुरुषको सङ्ख्या १६ सय ७२ रहेको छ ।

डडेलधुरामा ११ सय २८ जना सङ्क्रमित भएका छन् । जसमध्ये २५७ जना महिला र ८७१ जना पुरुष रहेका छन् । रुपन्देहीमा १८ हजार ३६२ जना सङ्क्रमित भएका छन् । जसमा सात हजार ३०९ जना महिला र ११ हजार ५३ जना पुरुष रहेका छन् । बारामा ६५४ जना महिला र दुई हजार १६३ जना पुरुष गरी दुई हजार ८१७ जना सङ्क्रमित भएका छन् ।

बैतडीमा २९६ जना महिला र एक हजार ११ जना पुरुष गरी १३ सय सात जना सङ्क्रमित भएका छन् । म्यादीमा ५७६ जना सङ्क्रमित भएका छन् । जसमा १९३ महिला र ३८३ जना पुरुष रहेका छन् ।

रसुवामा १२० जना महिला र ३०५ पुरुष गरी ४२५ जना सङ्क्रमित भएका छन् । मोरङमा १६ हजार ४३५ जना सङ्क्रमित भएका छन् । जसमध्ये छ हजार ३३० जना महिला र १० हजार १०५ जना पुरुष रहेका छन् । दैलेखमा ४०२ जना महिला र १५ सय ९२ जना पुरुष गरी १९ सय ९४ जना सङ्क्रमित भएका छन् । कञ्चनपुरमा दुई हजार ७३० जना सङ्क्रमित भएका छन् । जसमध्ये ७९० जना महिला र १९ सय ४० जना पुरुष रहेका छन् ।

सर्लाहीमा ५८९ जना महिला र दुई हजार ५८८ जना पुरुष गरी तीन हजार १७७ जना सङ्क्रमित भएक छन् । बाँकेमा १३ हजार ११९ जना सङ्क्रमित भएका छन् । जसमा पाँच हजार ३१७ जना महिला र सात हजार ८०२ जना पुरुष रहेका छन् । रुपकुम पश्चिममा ९३ जना महिला र २४७ जना पुरुष गरी ३४० जना सङ्क्रमित भएका छन् ।

नवलपरासी पश्चिममा दुई हजार ४०४ जना सङ्क्रमित भएका छन् । जसमा ८१८ जना महिला र १५ सय ८६ जना पुरुष रहेका छन् । गोर्खामा ७०५ जना महिला र १४ सय तीन जना पुरुष गरी दुई हजार १०८ जना सङ्क्रमित भएका छन् ।

रामेछापमा ८९३ जना सङ्क्रमित भएका छन् । जसमा २९२ जना महिला र ६०१ जना पुरुष रहेका छन् । भोजपुरमा ४९ जना महिला र १६२ जना पुरुष गरी २११ जनाा सङ्क्रमित भएका छन् । झापामा छ हजार ७२५ जना सङ्क्रमित भएका छन् । जसमा दुई हजार ४८३ जना महिला र चार हजार २४२ जना पुरुष रहेका छन् ।

दार्चुलामा ४४ जना सङ्क्रमित भएका छन् । जसमा ८० जना महिला र ३६४ जना पुरुष रहेका छन् । यसैगरी जाजरकोटमा ४४ जना महिला र १५८ जना पुरुष गरी २०२ जना सङ्क्रमित भएका छन् । मकवानपुरमा पाँच हजार ४५१ जना सङ्क्रमित भएका छन् ।

जसमा दुई हजार ३१ जना महिला र तीन हजार ४२० जना पुरुष रहेका छन् । काभ्रेपलाञ्चोकमा चार हजार ७९८ जना सङ्क्रमित भएका छन् । जसमा दुई हजार ४७ जना महिला र दुई हजार ७५१ जना पुरुष रहेका छन् । पाँचथरमा २२३ जना सङ्क्रमित भएका छन् । जसमा ६८ जना महिला र १५५ जना पुरुष रहेका छन् ।

स्वास्थ्य मन्त्रालयको तथ्याङ्कअनुसार रोल्पामा १२० जना महिला र ३६८ जना पुरुष गरी ४८८ जना सङ्क्रमित भएका छन् । बझाङमा ११ सय ३४ जना सङ्क्रमित भएका छन् । जसमा ३१३ जना महिला र ८२१ जना पुरुष रहेका छन् । सिराहामा दुई हजार ६०९ जना सङ्क्रमित भएका छन् । जसमा ४१२ जना महिला र दुई हजार १९७ जना पुरुष रहेका छन् ।

बाजुरामा २१६ महिला र ५३३ जना पुरुष गरी ७४९ जना सङ्क्रमित भएका छन् । बर्दियामा ९६० जना महिल र १९ सय ६२ जना पुरुष गरी २९ सय २२ जना सङ्क्रमित भएका छन् । यसैगरी दाङमा सात हजार ५२४ जना सङ्क्रमित भएका छन् । जसमध्ये दुई हजार ५६० जना महिला र चार हजार ९६४ जना पुरुष रहेका छन् । रुकुम पूर्वमा ४० जना महिला र ११० जना पुरुष गरी १५० जना सङ्क्रमित भएका छन् ।

त्यस्तै ओखलढुंगामा ३६८ जना सङ्क्रमित भएका छन् । जसमा ९१ जना महिला र २७७ जना पुरुष रहेका छन् । प्युठानमा १२ सय ४९ जना सङ्क्रमित भएका छन् । जसमा २४१ जना महिला र एक हजार ८ जनाा पुरुष रहेका छन् । सप्तरीमा दुई हजार ३८१ जना सङ्क्रमित भएका छन् । जसमा ४७४ जना महिला र १९ सय ७ जना पुरुष रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

गोरखापत्र अनलाईनबाट………………….

प्रतिकृया दिनुहोस्