RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/१/२८ गते
९७३ पटक

काठमाडौँ उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले उपत्यकामा निषेधाज्ञा १५ दिन थप गर्ने निर्णय गरेका छन् । निषेधाज्ञा अवधि थपिएसँगै काठमाडौँ उपत्यकामा आगामी जेठ १३ गतेसम्म निषेधाज्ञा हुने भएको छ ।

प्रजिअहरुको बैठकले राष्ट्रिय प्राथमिकताप्राप्त विकास आयोजनाबाहेकका सबै निर्माण कार्य पनि रोक्ने निर्णय भएको ललितपुरका निमित्त प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले जानकारी दिए ।

बैठकले पार्टी प्यालेसमा विवाह, ब्रतबन्ध र भोजजस्ता कार्यक्रम पनि रोक्ने र यस्ता कार्यक्रम घरमा गर्दा पनि १० जना भन्दा सहभागी हुन नपाइने बस्नेतले जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस्