RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/१/२९ गते
१४६० पटक

कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विमला केसी र आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले राजीनामा दिएका हुन् । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकमा मुख्यमन्त्री महेन्द्रबहादुर शाही समक्ष मन्त्रीद्वय भण्डारी र केसीले राजीनामा बुझाएका हुन् ।

तीन मन्त्री थपिए
दुई जना मन्त्रीले राजीनामा दिएपछि मुख्यमन्त्री शाही आफ्नै पार्टी माओवादी केन्द्रका तीन जना मन्त्रीलाई थप मन्त्रिपरिषद् कार्यालय स्रोतले जानकारी दिएका छ । नयाँ नियुक्त गरिएका मन्त्रीहरुमा रुकुम पश्चिमबाट निर्वाचित गोपाल शर्मा, सुर्खेत पश्चिमबाट निर्वाचित विन्दमान विष्ट  र प्रमुख सचेतक समेत रहेकी सीता नेपाली रहेका छन् ।

आर्थिक मामिला योजना मन्त्रीमा गोपाल शर्मा र आन्तरिक मामिला तथा कानुन मन्त्रीमा विन्दमान विष्ट र भौतिक पूर्वाधार मन्त्रालयलाई फुटाएर जलस्रोत मन्त्रालयमा सिता नेपालीलाई नियुक्त गरिएको छ ।

प्रतिकृया दिनुहोस्